शुक्रवार २१ औँ शताब्दीकै लामो चन्द्र ग्रहण लाग्ने


१० श्रावण २०७५, बिहीबार
eclipse moon

काठमाडौं १० साउन । भोलि अर्थात् शुक्रबार २१ औँ शताब्दीकै लामो खग्रास चन्द्र ग्रहण लाग्दै छ । शुक्रबार मध्यरातदेखि लाग्ने ग्रहण शनिवार बिहानसम्म लाग्ने छन् । यति लामो चन्द्र ग्रहण यो शताब्दीकै लामो हुने हुनेछ । अङ्ग्रेजी पात्रोअनुसार यो २१ औँ शताब्दीकै सबैभन्दा लामो चन्द्र ग्रहण हुनेछ।

eclipse moon

चन्द्रग्रहणको खग्रास समय १ घण्टा ४३ मिनेटको हुनेछ। त्यस समयमा चन्द्रमा पुरै गाढा रातो रङ्गमा देखिनेछ। चन्द्र ग्रहण भने चार घण्टा भन्दा बढीको हुनेछ।

शुक्रबार राति साउन १२ गते १२ बजेर ९ मिनेटबाट ग्रहण सुरु हुनेछ। राति सवा १ बजे हुँदा चन्द्रमालार्इ पूर्ण रूपमा पृथ्वीको छायाले छोप्नेछ। खग्रास चन्द्र ग्रहण बिहान २ बजेर ५६ मिनेटमा सकिनेछ। २ बजेर ६ मिनेटमा खग्रास अधिकतम बिन्दुमा पुग्ने यो ग्रहण बिहान ४ बजेर ४ मिनेटमा सकिनेछ।

त्यो समयमा मंगलग्रह पनि चन्द्रमा नजिक हुने हुँदा ग्रहण लागेको समयमा यसलाई खुला आँखाले समेत देख्न सकिन्छ। सन् २०७१ चैत २१ गते यो शताब्दीको सबैभन्दा छोटो चन्द्र ग्रहण लागेको थियो। त्यति बेला पाँच मिनेटको चन्द्र ग्रहण लागेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७