उम्मेदवारी फिर्ता लिदै कोमल वलीले भनिन्, ‘पार्टीका उम्मेदवारहरुलाई जिताउन लाग्छु’


१९ कार्तिक २०७४, आईतवार
komal oli

दाङ :  पार्टीको टिकट वितरणमा असन्तुष्टि जनाउदै बागी उम्मेदवारी दिएका एमाले र माओवादी केन्द्रका नेताहरुले उम्मेदवारी फिर्ता लिएका छन । उनीहरुको उम्मेदवारी फिर्तापछि जिल्लामा बाम गठबन्धले राहत महसुस गरेको छ । दाङ निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्य पदका लागि स्वतन्त्र उम्मेदवारी दिएकी एमाले नेतृ कोमल वलीले आफ्नो उम्मेदवारी फिर्ता लिएकी छन् ।

komal oli

यस्तै दाङ क्षेत्र नम्बर ३ को ९ख० बाट प्रदेश सभा सदस्यका लागि उम्मेदवारी दिएका माओवादी केन्द्रका पोलिटव्यूरो सदस्य एवं पूर्व सांसद कुवेर वलीले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । टिकट वितरणप्रति असन्तुष्ट भएर बागी उम्मेदवारी दिए पनि वाम गठबन्धनको विजयलाई सफल बनाउन उम्मेदवारी फिर्ता लिएको दुबै नेताहरुले बताए ।

दिउँसो १ बजेभित्र उम्मेदवारी फिर्ता लिइसक्नु पर्ने निर्वाचन आयोगको समयसीमा अनुसार आफूले उम्मेदारी फिर्ता लिएको र अब पार्टीलाई सहयोग गर्ने नेतृ ओलीले बताईन । उनले घोराहीमा पत्रकार सम्मेलन गरेर आफनो उम्मेदवारी फिर्ता लिएको जानकारी दिएकी हुन् । ‘केन्द्रीय नेताहरूको सल्लाहका आधारमा उम्मेदवारी फिर्ता लिएकी छु’ ओलीले भनिन् ‘अब पार्टीका आधिकारिक उम्मेदवारहरुलाई सघाउछु ।’ स्रोतले अनुसार ओलीलाई राष्ट्रिय सभा सदस्य बनाउने आश्वासनपछि उनले उम्मेदवारी फिर्ता लिएकी हुन् । ओलीलाई उम्मेदवारी फिर्ता गराउन एमालेका शिर्षस्थ नेताहरुले समेत फोन गरेर आग्रह गरेको थिए ।

यस्तै माओवादी नेता कुबेर ओलीले पनि अब पार्टीका आधिकारिक उम्मेदवारलाई सघाउने उद्घोष गरेका छन् । उनलाई फकाउनका लागि माओवादी अध्यक्ष प्रचण्डले कृष्ण बहादुर महरा दूतको रुपमा खटाएका थिए । महरा र एमालेका नेता शंकर पोख्रेलको तीन दिन लामो कसरतपछि उनले उम्मेदवारी फिर्ता लिएका हुन् ।

यस्तै क्षेत्र नम्बर ३ (ख)मा बागी उम्मेदवारी दिएका माओवादी केन्द्रका अर्का स्थानीय नेता गोविन्द भण्डारीले समेत आफनो उम्मेदवारी फिर्ता लिएका छन् ।

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७