चाबहिल–बौद्ध–साँखु सडक कालोपत्रेका लागि माधव नेपालको ‘आक्रमक एक्सन’


१० श्रावण २०७५, बिहीबार
Madhav kumar Nepal. janaboli

काठमाडौं, १० साउन । १५ असारमा जोरपाटीको स्थानीय बासिन्दाहरुले सडकमै रोपाई गरेर सरकारको बिरोध गरे । कविहरुले समेत सडकमै कवि सम्मेलन गरे । भाका हालीहाली सरकारको बिरोध गरे । चाबहिल–बौद्ध जोरपाटी हुदै साँखु जाने सडक हिलाम्मे भएर यात्रा कष्टकर हुन थालेपछि स्थानीयहरु सरकारको बिरोधमा उत्रिएका थिए । तर, यो सडक निर्माण वर्तमान सरकारको कारणले नबनेको भने होइन । यो सडक ठेक्का लागेको तीन वर्ष पुगेको छ । स्थानीयकै अबरोध देखाउदै ठेकेदारहरुले काम रोकेका हुन् ।

Madhav kumar Nepal. janaboli

तीन वर्ष अघि चाबहिल–बौद्ध–साँखु सडक समयमै काम सक्ने भन्दै उपत्यका काठमाडौं सडक विस्तार आयोजनाले २०७२ असोजमा ५ वटा प्याकेज बनाएर ठेक्का लगायो । ०७२ कात्तिकबाट सडक विस्तार तथा निर्माण सुरु भयो । तर, नापी ठीक नभएको भन्दै स्थानीयले सर्वोच्चमा मुद्दा हालेपछि काम ठप्प भयो । आयोजनाका अनुसार सडकको केन्द्रबाट ११ मिटर दायाँ–बायाँ विस्तार गनुपर्ने हुन्छ । तर, यसमा स्थानीयले अबरोध मात्रै गरेनन् सर्वोच्च अदालतमा मुद्दा समेत हाले । सर्वोच्च अदालतले सडक विस्तार गर्दा घरजग्गाधनीलाई मुआब्जा दिनुपर्ने फैसला गरेपछि काम रोकियो ।

चाबहिल–बौद्ध सडक
चाबहिल–बौद्ध सडक

आयोजनाका अनुसार ५ प्याकेज मध्ये चाबहिलबाट बौद्ध जोरपाटी हुँदै दक्षिणढोकासम्म ३.६ किलोमिटर सडक विस्तार तथा निर्माणको जिम्मा युनाइटेड विल्डर्स एण्ड इन्जिनियर्स प्रालि नामक ठेकेदार कम्पनीले पाएको छ । २०७२ असोजमा ठेक्का पाएको यो कम्पनीले २०७४ चैतमा काम सम्पन्न गरीसक्नुपथ्र्यो । तर, तर, उसले स्थानीयको अबरोध देखाएर सम्झौता अनुसार काम सम्पन्न गरेन । यो कम्पनीले अहिलेसम्म १० प्रतिसत पनि काम गरेको छैन ।

दक्षिणढोकाबाट २.४ किलोमिटर सडक निर्माणको जिम्मा बज्रगुरु च्याङमिला खानी जेभी नामक ठेकेदार कम्पनीले पाएको छ । उसले २०७२ असोजमा २०७४ माघमा सम्पन्न गर्नुपर्ने सम्झौता थियो । तर, १० प्रतिसत पनि काम भएको छैन । थलिबाट ३ किमी साँखुतिरको खण्ड निर्माणको जिम्मा बज्रगुरुरविरुवा खानी जेभीले पाएको छ । उसले २०७५ वैशाखमा पुरा गर्नुपर्ने थियो । तर, थानीयको विवादलाई देखाएर काम गरेको छैन । खुलालटार, सलम्बुटार २.४६ किमी खण्डको जिम्मा बिटीरसुनकोशी वर्ल्डवाइड पाएको छ । गत माघमै पुरा गर्नुपर्ने यो कम्पनीले पनि काम गरेको छैन । १.०४ किमी साँखुसम्मको अन्तिम खण्ड निर्माणको जिम्मा लामा समानान्तर जेभीले पाएको छ ।

माधव नेपालको ‘आक्रमक एक्सन’

MK Nepal 3
मन्त्री रघुविर महासेठ, मन्त्रालयका सचिव, सडक विभागका उच्च अधिकारीहरु, स्थानीय जनप्रतिनिधि, ठेकेदारसँग छलफल गर्दै नेता नेपाल

चाबहिल–बौद्ध–साँखु सडक पूूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालको निर्वाचन क्षेत्रको धेरै क्षेत्र पुग्ने सडक हो । वरिष्ठ नेता नेपालको काठमाडौं २ मा पर्ने कागेश्वर मनहरा, शंखरापुर लगायतका नगरपालिका यहीबाटो भएर जानुपर्छ । यही सडक खण्डमा नेपालको मात्रै नभएर विश्वकै पर्यटकीय केन्द्र विश्व सम्पदा सूचीमा रहेको बौद्ध पनि पर्छ । तर, यो बाटो यस्तो छ, हिउदमा धुलोले पुरिएर मान्छेहरु चिन्नै नसक्ने बन्छ, वर्खामा हिलाम्ये हुन्छ । प्रहरीका अनुसार यो क्षेत्रमा खाल्डा खुल्डीका कारण अत्याधिक रुपमा मोटरसाइकल र स्कुटी दुर्घटना हुने गरेको छ ।

यो सबै तथ्य थाहा पाएपछि नेता नेपालले कागेश्वरी मनहराको दक्षिण ढोका स्थित नोरर्लिङ होटलमा गत ४ साउन गते भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुविर महासेठ, मन्त्रालयका सचिव, सडक विभागका उच्च अधिकारीहरु, स्थानीय जनप्रतिनिधि, ठेकेदार र त्यस क्षेत्रका संसदहरु सबैलाई बोलाए । उनले मन्त्री, मन्त्रालयका उच्च अधिकारीहरु र ठेकेदारलाई पालैपालो सोधे, ‘समस्या के हो ? समधान कसरी हुन्छ ?’ समधान बारेमा आनाकानी गरेपछि नेता नेपालले सबैलाई झपारे भने, ‘समधान बिनाका समस्या हुन्छ हुदैन । जसरी पनि आजै समधान चाहियो ।’ छलफलमा सहभागीहरुले अदालतको फैसला र स्थानीयको अबरोधको समस्या सुनाए ।

तर, नेता नेपालले जसरी पनि तत्काल सडक बनाउन पर्ने निर्देशन पछि मुद्दा परेका दायाँ वाया भागलाई छोडेर समस्या नभएका सडक तत्काल कालोपत्रे गर्ने सहमती भएको छ । यो बाँकी समस्या नहोस् भनेर नेता नेपालले यसलाई मन्त्रीपरिषद्बाट समेत निर्णय गराएका छन् । नेता नेपालले तत्काल काम सुरु गर्न निर्देशन दिएपछि काम सुरु भएको छ । नेता नेपालले आगमी १९ साउनमा सडक निर्माणको प्रगति अनुगमन गर्नेछन् । उनले भनेका छन्, ‘१९ गते अनुगमन हुन्छ । १९ साउनसम्म पनि सडक कालोपत्रेमा प्रगति भएन भने ठिक हुन्न ।’

बुधबार आफ्नो निर्वाचन क्षेत्र काठमाडौं २ शंखरापुरको साँखु साँखुको एक कार्यक्रममा भने नेता नेपालले चाबहिल–बौद्ध–साँखु सडक तत्काल कालोपत्रे हुने बताए । उनले आफू १९ गते स्थानीय जनतााहरुसँगै सडक कालोपत्रेको प्रगति हेर्न आउने बताए । यदि प्रगति नदेखिए तत्काल एक्सन लिने उनको चेतावनी छ ।

 

 

 

 

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७