ताप्लेजुङ पुगेर ओलीले भने, ‘योगेशलाई जिताएर पठाउनुहोस्, म मन्त्री बनाएर फर्काउँछु’


१९ कार्तिक २०७४, आईतवार
KP oli

ताप्लेजुङ :  नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमाले सचिव योगेश भट्टराईको प्रंशसा गरेका छन् । सचिव भट्टराई भबिष्यको राम्रो सम्भावना भएको सक्रिय युवा नेता नेता भन्दै ताप्लेजुङका जनतालाई मतदान गर्न अनुरोध समेत गरे । उनले योगेशलाई मन्त्री बनाउने समेत प्रतिबद्धता व्यक्त गरे । उनले भने,‘योगेशलाई जिताएर पठाउनुहोस्, म मन्त्री बिल्ला भिराएर फर्काउँछु ।’

KP oli
ताप्लेजुङको सदरमुकाम स्थित तक्मेबजारमा आइतबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले अध्यक्ष ओलीले योगेशको खुलेर प्रंशसा गर्दै ढुक्क भएर योगेशलाई जिताउन अनुरोध गरे । उनले भने, ‘यस्तो युवा, यस्तो अनुभवी, यस्तो तेजतगार, पार्टीले विश्वास गरेको, मैले विश्वास गरेको, देशले विश्वास गरेको, ताप्लेजुङको जनताले विश्वास गरेको युवा मतिष्क र युवा काँध र युवा हातले ताप्लेजुङ बनाउदैन होला र ? तपाईहरु ढुक्क हुनहोस् माथि म छु, योगेश यहाँ छ ।’

योगेश एमाले र माओवादीको मात्रै उम्मेदवार नभएर सबैको साझा भएको बताए । उनले भने,‘झट्ट हेर्दा एमाले र माओवादी केन्द्रका उम्मेदवार जस्तो देखिनुभएको छ तर, ताप्लेजुङबासी सबैको मन मनको साझा उम्मेदवारको रुपमा लिनुभएको छ ।’ अध्यक्ष ओलीले योगेशको विजय जुलुसमा पनि ताप्लेजुङ आउने बताए । अध्यक्ष ओलीले अब मन्त्री भएर ताप्लेजुङ चलाउने जिम्मा योगेशको भएको बताए । उनले भने, ‘अबको सरकार वामपन्थीको बन्छ भन्ने सबैलाई थाहा छ, वामपन्थी मध्ये पनि सबैभन्दा ठुलो एमाले नै होला । एमालेको अध्यक्ष ताप्लेजुङ आएर किन सम्बोधन गर्दैछ त्यो भनी रहन नपर्ला । अब मन्त्री भएर ताप्लेजुङ चलाउने जिम्मा योगेशको हो ।’

अध्यक्ष ओलीले चुनावपछि एमाले र माओवादीबीच एकता हुने बताए । एक भएको शक्तिशाली पार्टी देश निर्माणको लागि नायक बन्ने उनले बताए । यही निर्वाचनमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड सूर्य चिन्हमा चुनाव लड्न तयार भए पनि माओवादीभित्रको छलफलको कारण सफल नभएको बताए । तर, भबिष्यमा पार्टी एकीकरण हुने ठोकुवा गरे । अध्यक्ष ओलीले राष्ट्रपतिको विद्यादेवी भण्डारीको कारण महिलाहरुको ३३ प्रतिसत अधिकार सुरक्षित भएको बताए । ३३ प्रतिसत ग्यारेन्टीको लागि भण्डारीले महत्पपूर्ण भूमिका निर्वाह गरेको उनको भनाई छ ।

Yogesh KP

दुई तिहाइका साथ कम्युनिष्टको सरकार
अध्यक्ष ओलीले दुवै चरणको निर्वाचन सम्पन्न भएपछि दुई तिहाइका साथ कम्युनिष्टको सरकार बन्ने दावी गरे । बामपन्थीले दुई तिहाइ ल्याउने देखेर यतिबेला काँग्रेस अत्तालिएको उनले बताए । उनले भने,‘दुई तिहाइ बहुमत आउने देखिपछि काँग्रेस लगायतका दलले वाम गठबन्धन र एमालेलाई पछि सकिन्छ कि भनेर विभिन्न सडयन्त्र गर्दैछन् । त्यस्ता षड्यन्त्रले केही गर्दैन ।’ ओलीले चुनावपछि केन्द्रीय सरकार र सातवटै प्रदेशमा कम्युनिष्टले एकलौटी सरकार बनाउने बताए ।

उनले भने,‘कम्युनिष्ट एकता र राष्ट्र निर्माणको लागि बनेको वामगठबन्धनको यो महान् अभियान अब कसैले रोक्न सक्दैन ।’ बिग्रिएको देश सपार्ने जिम्मा वाम शक्तिको जिम्मामा आएको पनि जिकिर गरे । अध्यक्ष ओलीले आगामी चुनाव सम्पन्न भए लगत्तै पार्टी एकता गर्ने पनि खुलासा गरे ।

उनले भने,‘वामगठबन्धनको अहिले छुट्टाछुट्टै चुनाव चिन्ह भएपनि एकजुट भएर चुनाव लड्दैछौं, अर्को चुनावमा एउटै पार्टीको नाम र चुनाव चिन्हमा लड्छौं ।’ ओलीले पार्टी एकताको पक्रियाले सबैमा उत्साह छाएको र सबैले स्वागत गरेका गरेकाले दुवै पार्टीका कार्यकर्ता, शुभेच्छुक तथा समर्थकलाई कसैको भ्रममा नपरी ढुक्क हुन वामगठबन्धनका उम्मेदवारलाई मतदान गरेर विजयी गराउन आग्रह गरे ।

कांग्रेसप्रति निकै आक्रमक हुँदै ओलीले भने,‘आफूले सरकारको नेतृत्व गरेका बेला नेपालमा नाकाबन्दी भएको र अब पनि एमालेको सरकार बनेमा नाकाबन्दी हुन्छ भनेर काँग्रेसले भ्रम फिँजाउदै छ । अब नेपालमा कहिल्यै पनि नाकाबन्दी हुँदैन र सधैंका लागि नेपाल खुल्ला भएको छ, कोही पनि भ्रममा नपर्नुहोला ।’ उनले आफ्नै पालामा भारतसँगको मात्र होइन, चीनसँग समेत व्यापार सम्झौता गरी नाका खोलेको दाबी गरे ।

योगेशको संस्मरणले भावुक

अध्यक्ष ओलीले सचिव सचिव भट्टराईले आफू भावुक भएको बताए । योगेशले आफ्नो गृह जिल्लामा स्वागत गर्दै अध्यक्ष ओलीसँग जोडिएका संस्मरण सुनाए । १८ बर्षको कलिलो उमेरमा जेल जादा अध्यक्ष ओलीलाई भेटेको उल्लेख गर्दै उनले अध्यक्ष ओलीबाट जेलमा समेत अभिभावकको माया र संरक्षकत्व पाएको बताएका थिए । ओलीले सम्बोधन गर्न उनले भनेका थिए, ‘पञ्चायत विरोधी आन्दोलनका क्रममा २०४० सालमा म १७ बर्षको थिएँ होला। प्रहरीले मलाई पक्राउ गरयो । जेलमा पुरयायो । म एकदमै आतंकित थिएँ । मेरा खुट्टा डरले कामिरहेका थिए । मुटु कामिरहेको थियो । निक्कै डराँएको थिए । एकमहिना सम्म कष्टडिमा राखेर प्रहरीले निर्मम यातना दियो । शरीर भरि डामैडाम थियो । वेलुका ननिनेका ब्यक्तिले तालो तेल तताएर डडाल्नुमा हल्का मालिस गरिदिनुभयो । मेरो वुवा म दुई बर्षकै हुदाँ वित्नुभएको थिएँ । मैले वुवाको माया महशुष गर्न पाएको थिइन । मलाई तातोतेलले मालिस गरिदिएको त्यो साँझ मलाई लाग्यो वुवा भनेका यस्तै हुन्छन होला । अविभावक भनेको यस्तै हुन्छन होला । म भावविहल वनेर रोएँ । त्यो तातो तेलले मालिस गर्ने ब्यक्ति अरु कोही नभएर क केपी शर्मा ओली हुनुहुन्थ्यो । आगामी पुष महिनामा वामपन्थिहरुको दुई तिहाई शक्तिको सरकार वन्दै छ त्यसको नेतृत्व गर्ने ब्यक्ति आज हामीले ताप्लेजुडको तोक्मेगोलामा पाएका छौ ।’

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७