कामु प्रधानन्यायाधिशको शैक्षिक प्रमाण–पत्र पनि विवादित, आज सुनुवाइ हुँदै


१० श्रावण २०७५, बिहीबार
Deepakraj joshi 20180612121145

काठमाडौं, १० साउन । प्रधान न्यायाधिशका लागि सिफारिस भएका दीपकराज जोशीको शैक्षिक प्रमाणपत्र पनि विवादको घेरामा तानिएको छ ।Deepakraj joshi 20180612121145

जोशीको शैक्षिक प्रमाणपपत्र संसदीय सुनुवाईअघि नै विवादित बन्न पुगेको छ । जोशीको संसदीय सुनुवाई आज (बिहीबार) हुँदैछ । उनीविरुद्ध गम्भीर प्रकृतिका उजुरी परेपछि संसदीय सुनुवाईका क्रममा विज्ञहरुलाई पनि बोलाउने प्रस्ताव गरिएको थियो । प्रधानन्यायाधीशमा सिफारिस भएका जोशीविरुद्ध प्रमाणसहित उजुरी परेका छन् । जोशीको सबैभन्दा ठूलो विवाद यसअघिका प्रधानन्यायाधीश गोपाल पराजुलीको जस्तै शैक्षिक प्रमाणपत्र बनेको छ ।

पराजुलीको शैक्षिक प्रमाणपत्रको विवाद प्रधानन्यायाधीश भइसकेपछि आएको थियो । तर, जोशीको विवाद सुनुवाई नहुँदै आएकाले संसदीय सुनुवाई समितिमाथि छानबिन गर्नैपर्ने दवाव छ ।

जोशीको शैक्षिक प्रमाणपत्र विवादलगायत अन्य विषयमा समिति बनाएर छानबिन गर्ने कि सामान्य सुनुवाई गरेर टुङ्गो लगाउने भन्ने बारेमा अध्यक्षद्धय केपी शर्मा ओली र प्रचण्डको निर्देशनको पर्खाइमा सांसदहरु रहेको समाचार स्रोतले जानकारी दिएको छ ।
जोशीका सार्वजनिक जग्गा व्यक्तिलाई दिलाउन फैसला तथा नैतिक आचरणका पनि उजुरी परेको भन्दै नेकपाका सांसदहरुले सुनुवाईमा विज्ञ बोलाउने, गम्भीर प्रकृतिका उजुरीमाथि छानबिन गर्न समिति बनाउने प्रस्ताव राखेको जनाइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७