यस वर्ष सबै विद्यालयबाट अस्थायी शिक्षक हट्ने


११ श्रावण २०७५, शुक्रबार
TEACHER 875

काठमाडाैं, ११ साउन । सरकारलाई वषौंदेखि टाउको दुखाइको विषय बनेको विद्यालय तहका अस्थायी शिक्षकको समस्या यस वर्षदेखि पूर्ण रुपमा समाधान हुने भएको छ । अस्थायी शिक्षकको समस्या समाधान भएसँगै विद्यालय शिक्षाको सिकाइ स्तर उकासिने शिक्षा मन्त्रालयको विश्वास छ । TEACHER 875

अहिले सार्वजनिक विद्यालयमा शिक्षकको दरबन्दी १ लाख ७ हजार छ । यसमध्ये करिब ७० हजार शिक्षक मात्र दरबन्दीमा कार्यरत छन् । अन्य शिक्षक अस्थायी दरबन्दीमा कार्यरत छन् । अस्थायी दरबन्दीमा कार्यरतलाई प्रक्रिया पुर्याएर स्थायी गरिनुपर्ने, सेवाको सुनिश्चितता गरिनुपर्ने लगायत माग राख्दै शिक्षक आन्दोलनमा थिए ।

जसका कारण विद्यालय तहको पढाइसमेत प्रत्यक्ष रुपमा प्रभावित भएको थियो । सेवाको सुनिश्चितता नभएका कारण शिक्षकले पढाइमा समेत ध्यान दिन सकेका थिएनन् । माग पूरा गराउन उनीहरुले राजधानी तथा जिल्लाकेन्द्रित आन्दोलत सञ्चालन गर्दा विद्यालयको पढाइ लथालिंग बनेको थियो ।

यस्ता शिक्षकलाई आन्तरिक प्रतिष्पर्धाबाट स्थायी गराउन शिक्षक सेवा आयोगले परीक्षासमेत सञ्चालन गरिसकेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७