ओली र प्रचण्ड एउटै हो : ओली


१९ कार्तिक २०७४, आईतवार
KP sharma oli

काठमाडौं : नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधामन्त्री केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र आफू एउटै भएको बताएका छन् ।
अध्यक्ष ओलीले एमाले र माओवादी केन्द्रको वाम गठबन्दन चुनावी अभियान कार्यक्रममा ओली र प्रचण्ड दुवैले ताप्लेजुङमा सम्बोधन गर्ने भनिएको कार्यक्रममा प्रचण्डको अनुपस्थित भए पछि यस्तो भनेको हो ।

KP sharma oli
चितवनको कार्यक्रममा व्यस्त रहेको कारण प्रचण्ड ताप्लेजुङ आउन नसकेको ओलीले बताउँदै भने, ‘प्रचण्डजी आउन सक्नु भएन केही फरक पर्दैन। दुर्इ जना आउने भन्ने थियो उहाँले भ्याउनुभएन। उहाँ आउनु भएको भए म आउँदिन थिएँ। मेरो स्वास्थ्य ठिक थिएन। उहाँ आउन नसक्ने हुनुभएपछि म आएको हुँ ।’
प्रचण्चको अनुपस्थितले वाम गबठन्धनमा कुनै असर नपार्ने बताउँदै भने, ‘केपी ओली आए पनि उस्तै हो प्रचण्ड आए पनि उस्तो हो भन्ने ठान्नुहोस् । कोही ठाउँमा म पुगौँला। कोही कोहीमा उहाँ पुग्नुहोला। कोही ठाउँमा हामी दुवै पुगौँला।’
ओलीले मतदातालाई पार्टी नहेर्न आग्रह गरेका छन् । चुनाव अघि असन्तुस्त विषय थाती राखेर मतदान गर्न आग्रह गरे । एमाले माओवादी एउटै अभियानमा भएकोले असन्तुष्ट नपाल्न आग्रह गर्दै ओलीले भने, हामी एउटै अभियानमा छौँ । चुनावसम्म अर्को पार्टी भन्ने बिर्सनुहोस्। चुनावपछि पनि एउटै पार्टी बन्छ शङ्का नगर्नुहोस् ।’
पहिलो चरणमा भएको ३२ जिल्लाको चुनावमा वाम गठबन्धनको चुनावी अभियान कार्तिक १९ गते आइतबार ताप्लेजुङबाट सरु भएको सभा कात्तिक २६ गते दार्चुलामा सकिने कार्यक्रम रहेको छ ।
ताप्लेजुङमा वाम गठबन्धनका तर्फबाट प्रतिनिधिसभामा एमालेका सचिव योगेश भट्टराई उम्मेदवार छन्।

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७