हेर्नुहोस् तस्बिरमा २१ औँ शताब्दीको सबैभन्दा लामो चन्द्रग्रहण


१२ श्रावण २०७५, शनिबार
In Greece the Moon rose behind the Temple of Poseidon in Cape Sounion near Athens

काठमाडौं, ११ साउन :  शुक्रबार मध्यरातिदेखि शनिबार बिहानसम्म शताब्दीकै सबैभन्दा लामो खग्रास चन्द्रग्रहण सुरु भएको छ । नेपालमा यो खग्रास चन्द्रग्रहण मध्यराति बाह्र बजेर नौ मिनेटदेखि चार बजेर चार मिनेटसम्म तीन घण्टा ५५ मिनेट लाग्नेछ ।

पृथ्वीको छायाले पूरै ढाकेर खग्रास ग्रहण हुँदा चन्द्रमामा रातोपन देखिने भएकाले यसलाई ’ब्लड मून’ अर्थात् रक्तचन्द्र पनि भनिन्छ । एशिया एवम् दक्षिण अमेरिकाका अधिकांश भाग एवम् युरोप, मध्यपूर्व, अफ्रिका, अस्ट्रेलियाबाट यो ग्रहण देखिनेछ ।

ग्रहण लाग्दा चन्द्रमा पृथ्वीको छायाको मध्यभाग हुँदै अघि बढ्छ। आजको खगोलीय घटना नै चन्द्रग्रहण हुन सक्ने सबैभन्दा लामो अवधि भएको म्यान्चेस्टर विश्वविद्यालयका खगोलशास्त्री प्राध्यापक टिम ओ(ब्राएनले बताएका छन्। सन् २०७१ चैत २१ गते यो शताब्दीको सबैभन्दा छोटो चन्द्रग्रहण लागेको थियो। त्यतिबेला पाँच मिनेटको चन्द्रग्रहण लागेको थियो ।

पृथ्वीले सूर्यलाई र चन्द्रमाले पृथ्वीलाई परिक्रमा गर्ने क्रममा जब पृथ्वी सूर्य र चन्द्रमाको बीचमा आइपुग्छ, तब सूर्यको प्रकाशलाई पृथ्वीले छेकिदिन्छ । त्यस्तो अवस्थामा चन्द्रमामा पृथ्वीको छाया देखिन्छ । छायाको त्यस्तो अवस्था नै चन्द्रग्रहण हो । चन्द्रमाको पूरै भाग छायाले छोपेको अवस्थालाई खग्रास चन्द्रग्रहण भनिन्छ र आधा वा केही भाग मात्र ढाकेको अवस्थालाई खण्डग्रास चन्द्रग्रहण भनिन्छ । चन्द्रग्रहण पूर्णिमा तिथिका दिन लाग्दछ ।

फोटो फिचर :

In Greece the Moon rose behind the Temple of Poseidon in Cape Sounion near Athens
ग्रिकदेखि देखिएको दृश्य । तस्बिर : रोयर्टस
As the eclipsed passed over Abu Dhabi the Moon could be seen behind the minarets of the Sheikh Zayed Grand Mosque.
दुबईबाट देखिएको दृश्य । तस्बिर : रोयर्टस
The Blood Moon rises behind the ancient Temple of Poseidon in cape Souni 40 miles south of Athens in Greece on
ग्रिसबाट देखिएको दृश्य । तस्बिर : एपी
The Blood Moon begins to take hold across the nights sky in Cairo Egypt this evening as stargazers watch in awe
इजिप्टबाट देखिएको दृश्य, तस्बिर रोयटर्स
Three men in the moon Walkers are pictured hiking up Mount Artos in Turkey as the Blood Moon dazzles behind them
टर्कीबाट देखिएको दृश्य
4EA14E6100000578 6000481 Red sky People gather to witness the lunar eclipse as the sky tu m 20 1532719102907
जर्मनीबाट देखिएको दृश्य । तस्बिर : एफपी
A Blood Moon rises over Tel Aviv Israel as the rest of the world prepares for the spectacular lunar eclipse themselves
इजरायलबाट देखिएको दृश्य । तस्बिर : एपी
The blood moon rises behind the Sheikh Zayed Grand Mosque in Abu Dhabi
दुबईबाट देखिएको दृश्य । तस्बिर : रोयर्टस
The full Blood Moon is pictured above Natanya Israel on Friday as the longest lunar eclipse for 100 years begins
इजरायलबाट देखिएको दृश्य

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७