क्यूनेट गोर्खा ट्रेलब्लेजरलाई हङकङ ट्रेल रनिङ अवार्ड


१२ श्रावण २०७५, शनिबार
Devraj Hongkong Nepali 3

देबराज राई
हङकङ : प्रथम तथा दोस्रो विश्वयुद्धमा मृत्युवरण गरेका वीर गोर्खा सैनिकहरुको सम्मानमा हङकङमा आयोजना भएको क्यूनेट गोर्खा ट्रेलब्लेजर अल्ट्रा ट्रेलरेसलाई हङकङ ट्रेल रनिङ अवार्डमा बेष्ट न्यू रेस अवार्ड प्राप्त भएको छ।

शुक्रबार, २७ जुलाई साँझ वानचाई हङकङमा प्रदान गरिएको अवार्डका लागि अनलाईन भोटिङ समेत भएको थियो। विश्वमा ट्रेल रनिङ खेलका लागि हङकङ चर्चित स्थान हो।

‘नेपालीहरु अल्ट्रा ट्रेल रेसमा दौडन मात्र होइन, विश्व स्तरका ट्रेलरेस आयोजना गर्न पनि सक्छन् भन्ने प्रमाणित भएको छ’, अवार्ड प्राप्त गरेपछि प्रतिक्रिया दिँदै गोर्खा सेमेइट्रीज ट्रष्टका अध्यक्ष भूपू गोर्खा सैनिक रत्न खिम्दिङले भने, ‘यस अवार्डले गोर्खाहरुले विश्व शान्तिमा दिएको योगदानलाई स्मरण गराइदिएको छ।’

गन रनिङ ट्रेल रनर्स एशोसिएसनको सहयोगार्थ हङकङ ट्रेल रनिङ अवार्ड हरेक वर्ष आयोजना हुँदै आएको छ। सन् २०१७–२०१८ सालको अवधिमा हङकङमा आयोजना भएका एशिया एवं विश्वस्तरका प्रतियोगिताहरुमा सहभागी विश्वका स्काई रनरहरु र ट्रेल रेसका आयोजकहरुलाई विभिन्न विधामा अवार्ड प्रदान गरिएको थियो ।

क्यूनेट गोर्खा ट्रेलब्लेजरको आयोजना चाइल्ड वेलफेयर स्कीम र गोर्खा सेमेइट्रीज ट्रष्टले २० जनवरी २०१८ मा हङकङमा पहिलोपटक आयोजना गरेको थियो।

 

Devraj Hongkong Nepali 3 Devraj Hongkong Nepali 1 Devraj Hongkong Nepali 2

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७