३६ लाख घुस सहित इन्जिनियर ठाकुर पक्राउ


१२ श्रावण २०७५, शनिबार
ghus 1

बुटवल, ११ साउन :  भवन तथा शहरी विकास कार्यालय रुपन्देहीका प्रमुख इन्जिनियर सुरेश ठाकुर घुस सहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडाको टोलीले शनिबार भैरहवाबाट ठाकुरलाई र नगद रकम बोकेर विरगन्ज घरतर्फ जाँदै गरेकी उनकी श्रीमतीसहित पक्राउ गरेको हो ।

ghus 1

अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडाको टोलीले शनिबार भैरहवाबाट ठाकुरलाई र नगद रकम बोकेर विरगन्ज घरतर्फ जाँदै गरेकी उनकी श्रीमतीसहित पक्राउ गरेको छ । श्रीमतीलाई हेटौडाको मनहरीबाट पक्राउ गरिएको जनाएको छ ।

घुस लिएको रकम वीरगञ्जस्थित घर लिएर जाँदै गरेको अवस्थामा यादवकी श्रीमतीलाई मनहरीबाट नियन्त्रणमा लिएको अख्तियार बुटवल कार्यालयका प्रमुख दिनेशकुमार आर्चायले बताए । ठाकुरकी श्रीमतीको साथबाट साढे १२ लाख रुपैँया नगद र बाँकी बैंकमा जम्मा गरेको भौचर बरामद भएको छ ।

विशेष सूचनाका आधारमा ठाकुरलाई नियन्त्रणमा लिइएको अतिख्यारले जनाएको छ। अख्तियारमा यसअघि जिल्लाका विभिन्न सरकारी भवन र अन्य संरचना निर्माण तथा तीनको अनुगमन निरीक्षणका नाममा मोटो रकम घुस लिएको, आर्थिक चलखेल गरी कमजोर संरचना निर्माण गरिएको जस्ता मौखिक र लिखित उजुरी परेका थिए।

अख्तियारको बुटवल कार्यालयले आजै गुल्मीबाट एक जना सब इन्जिनियरलाई पनि एक लाख रुपैँया घुससहित नियन्त्रणमा लिएको छ। गुल्मीको सिमलटारी– प्युठान सडक आयोजनाका सब इन्जिनीयर प्रकाश झालाई घुस लिँदै गर्दा अख्तियारको टोलीले उनकै कोठाबाट नियन्त्रणमा लिएको हो।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७