विवादास्पद ब्यक्तिलाई प्रधानन्यायाधीशमा लालमोहर नलगाउन खबरदारी


१३ श्रावण २०७५, आईतवार
Deepak Raj jhosi
दीपकराज जाेशी ।

काठमाडौं, १३ साउन । प्रधानन्यायाधीशमा संवैधानिक परिषदले सिफारिस गरेका दीपकराज जोशीका विरुद्ध गम्भीर प्रकृतिका उजुरीहरुका बारेमा संसदीय सुनुवाई विशेष समितिले चासोका साथ हेरिरहेको बेला उनको एसएलसीकै नक्कली प्रमाणपत्र सार्वजनिक भएको छ ।

Deepak Raj jhosi
भावी प्रधानन्यायाधीश जोशीको एसएलसीको प्रमाणपत्र नै नक्कली भएको बिषय सार्वजनिक भएपछि पनि सुनुवाई समितिले अनुमोदन गर्ने तयारी गरेको छ । आइतबार बिहान ८ बजेट सुुनुवाईका लागि समय तोकिएको छ । यस्ता विवादास्पद ब्यक्तिलाई प्रधानन्यायाधीशलाई लालमोहर लगाएर अनुमोदन नगर्न सामाजिक संजालहरुमा पनि ब्यापक दबाब परेको छ ।
नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य बिष्णु रिजालले ट्वीटरमा सुनुवाई समितिलाई विवादास्पद न्यायाधीशलाई लालमोहर नलगाउन अनुरोध गरेका छन् । उनले लेखेका छन्– ‘सकिन्छ, जानाजान विवादास्पद छविका न्यायाधीशलाई लालमोहर नलगाऔं ! सकिंदैन, संसदीय सुनुवाइको नौटंकी बन्द गरौं !’

पत्रकार रामबहादुर रावलले सामाजिक संजाल फेसबुकमा लेखेका छन्–‘आफूमाथिका गम्भीर आरोप खण्डन गर्ने सामर्थ्य नभए प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशी राजीनामा दिएर बाहिरिनु बुद्धिमानी हुनेछ । दोस्रो गोपाल पराजुली बन्नभन्दा यो बाटो सुरक्षित पनि छ । केही दिनको पदको लोभले बचेखुचेको इज्जत थप छरपस्ट नहोस्। पद र संंस्थाले थप क्षति नबेहोरोस् ।’
संसदीय सुनुवाई विशेष समितिले दुई तिहाईले प्रधानन्यायाधीशको सिफारिस अस्वीकृत गर्न सक्छ । तर सुनुवाई समितिमा जसरी पनि यस्ता विवादास्पद न्यायाधीश पराजुलीलाई प्रधानन्यायाधीशमा अनुमोदन गर्नुपर्ने पक्षमा नेपाली कांग्रेस रहेको छ । सुनुवाई समितिमा नेकपाका ९ जना, कांग्रेसबाट ४ जना, राजपाबाट एक र फोरमबाट १ जना सांसद रहेका छन् । नेकपालाई दुई तिहाई बहुमतका लागि १ जना पुग्दैन ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७