वाम गठबन्धनको एकहप्ते अभियान ताप्लेजुङ-दार्चुला अभियान स्थगित


२० कार्तिक २०७४, सोमबार

काठमाडौं: एमाले र माओवादी केन्द्रले पार्टी एकता संयोजन समितिका तर्फबाट सुरु गर्न लागेको एकहप्ते अभियान ताप्लेजुङ–दार्चुला अभियान स्थगित गरेका छन् ।3 Party cpn 11

अभियानको पहिलो कार्यक्रमअन्तर्गत एमाले अध्यक्ष केपी ओली आइतबार ताप्लेजुङमा आयोजित चुनावी सभामा सहभागी भए पनि चुनावी कार्यक्रमको व्यस्तताका कारण माओवादी केन्द्रका अध्यक्ष पुष्पकल दाहाल प्रचण्ड सहभागी भएनन् ।
उनी आफ्नो चुनावी क्षेत्र चितवन–३ मा व्यस्त छन् । ‘नेताहरूको चुनावी व्यस्तताका कारण अहिलेलाई अभियान स्थगित भएको छ, आपसी सल्लाहमा फेरि सुचारु हुन सक्छ,’ श्रेष्ठले भने । यद्यपि, जिल्लादेखि गाउँ तहसम्म संयुक्त भेला, चुनावी सभालगायत कार्यक्रम भने जारी रहेको उनले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७