गगन थापा भन्छन्, ‘राजनीतिले चारैतिर निराशा र आक्रोश बढायो’


३० जेष्ठ २०७८, आईतवार
gagan thapa

काठमाडौं, ३० जेठ । नेपाली कांग्रेसका युवा नेता गगन थापाले देशको पछिल्ला राजनीतिक गतिविधिले चारैतिर निराशा र आक्रोश बढाएको बताएका छन्।

गण्डकी प्रदेशका नव नियुक्त मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल नेपालीलाई बधाइ दिंदै नेता थापाले राजनीतिक गतिविधिले निराशा र आक्रोश बढाएको बताएका हुन् । उनले यो आक्रोशको अवस्थामा प्रदेश सरकारहरुलाई झन समस्या भएको औंल्याएका छन् । आज (आइतबार) बिहान सामाजिक सञ्जालमार्फत् मुख्यमन्त्री पोखरेललाई बधाइ दिँनै थापाले राजनीतिक गतिविधिले जनतामा निराशा उत्पन्न गरेको बताएका हुन् ।

‘गण्डकी प्रदेशको मुख्यमन्त्री हुनु भएकोमा कृष्णचन्द्र नेपालीलाई हार्दिक वधाइ शुभकामना,’ थापाले ट्वीटरमा लेखेका छन्, ‘राजनीतिक गतिविधिले चारैतिर निराशा र आक्रोश बढाएको छ । झन् प्रदेश सरकारहरूले त आफ्नो अस्तित्वबोध नै गराउन नसकेको अवस्थामा अब कामबाट जनतामा आशा जगाउन र फरकपनको आभास दिलाउन सक्नु पर्छ । हार्दिक शुभकामना !’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७