प्रथम विश्व विश्वविद्यालय उसु च्याम्पियनसिपका लागि नेपाली टोली मकाउ जाने


१४ श्रावण २०७५, सोमबार
ussu toli 3

काठमाडौं, साउन १४ गते । प्रथम विश्व विश्वविद्यालय उसु च्याम्पियनसिपमा सहभागी हुन ३ खेलाडीसहित ७ सदस्यीय नेपाली टोली मंगलबार मकाउ प्रस्थान गर्ने भएको छ ।ussu toli 1

मकाउ पोलिटेक्निक इन्स्टिच्यूट मल्टी स्पोर्ट्स पेभिलियनमा अगष्ट २ देखि ५ तारिखसम्म हुने प्रतियोगितामा १ पुरुष र २ महिला खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्ने छन् । तीनै खेलाडीले थाउलो स्पर्धामा प्रतिस्पर्धा गर्नेछन् ।

अन्तर्रा्ष्ट्रिय प्रतियोगितामा ‘डेब्यु’ गर्न लागेका अशोक बुढा मगरले पुरुष नान् छ्वान र नान् गुनमा भाग लिने छन् ।

महिलामा १२ औं दक्षिण एसियाली खेलकुद (साग) की रजत धारी सविता राईले ताइची छ्वान र ताइची छेन तथा ओसिन राईले जेन सु र चेन सुमा आ–आफ्नो कौशल प्रदर्शन गर्नेछन् । ओसिनसंग पनि इन्चोन एसियाड खेलेको अनुभव छ । ओसिन र सविता आ–आफ्नो स्पर्धाका लगातार पाँचपटकका राष्ट्रिय च्याम्पियन हुन् ।

विश्वविद्यालय खेलकुद संघ नेपालका अध्यक्ष प्रदीप जोशीको नेतृत्वमा जान लागेको टोलीको प्रशिक्षकमा राजिव महर्जन तथा अफिसियलमा राष्ट्रिय खेलकुद परिषद्अन्तर्गत आर्थिक प्रशासन शाखाका लेखापाल कुमार बस्नेत र विश्वविद्यालय खेलकुद संघका सदस्य महेन्द्र तामाङ रहेका छन् ।

अन्तर्रा्ष्ट्रिय विश्वविद्यालय खेलकुद महासंघ र मकाउ विश्वविद्यालय खेलकुद संघको संयुक्त आयोजनामा हुने प्रतियोगितामा ३५ राष्ट्रको सहभागिता रहने विश्वविद्यालय खेलकुद संघका महासचिव पूर्णसिं बोहराले जनाएका छन् ।

टोलीलाई राष्ट्रिय खेलकुद परिषद्अन्तर्गत प्रशासन विभागका प्रमुख बासुदेव आचार्य र कानुन शाखाका प्रमुख नारायणराज अर्यालले एक कार्यक्रमबीच सोमबार बिदाइ गरे ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७