साउदी अरबका राजकुमार दुर्घटनामा मृत्यु


२० कार्तिक २०७४, सोमबार
Prince Mansour bin Muqrin

काठमाडौं: साउदी अरबका राजकुमार मंसुर बिन मुकरिन असीरको हेलिकोप्टर दुर्घटनामा मृत्यु भएको छ ।उनको यमनको सीमा क्षेत्रमा हेलिकोप्टर दुर्घटनामा मृत्यु भएको बीबीसीले जनाएको छ । हेलिकोप्टर दुर्घटनाको कारण भने प्राप्त हुन सकेको छैन । हेलिकोप्टर दक्षिणी साउदीको आभा शहर क्षेत्रमा दुर्घटनामा परेको हो ।

Prince Mansour bin Muqrin
उनी पूर्वयुवराज अब्दुल अजिजका छोरा हुन् । असिर प्रान्तको उपराज्यपाल समेत रहेका मन्सुर उच्च सरकारी अधिकारीहरुसहित हेलिकोप्टर चढेर भ्रमणमा निस्किएका थिए । हेलिकोप्टरमा सवार कोही पनि नबाँचेको बीबीसीले लेखेको छ ।
हिजोमात्रै साउदी अरबले ११ जना पूर्वराजकुमार, चार मन्त्री र पूर्वमन्त्रीहरुलाई पक्राउ गरेर भ्रष्टाचार सम्वन्धी अनुसन्धान शुरु गरेको छ । पक्राउ परेकाहरुको बैंक खाता समेत रोक्का गरिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७