शैक्षिक प्रमाण–पत्र धितोमा सात लाख ऋण पाइने


१५ श्रावण २०७५, मंगलवार
pramanpatr lone

काठमाडौं, १५ साउन । शैक्षिक प्रमाणपत्र धितोमा सरकारले सात लाख रुपैंयाँसम्म ऋण दिने भएको छ । सरकारले यसै आर्थिक वर्षबाट शैक्षिक प्रमाणपत्र धितोमा ऋण दिने तयारी गरिरहेको छ ।pramanpatr lone

शैक्षिक योग्यता भएर पनि लगानी अभावकका कारण बेरोजगार बनिरहेकाहरुलाई स्वरोजगार बनाउनका लागि सहुलियत व्याज दरमा उपलब्ध गराउने ऋणका लागि अहिले कार्यविधि बनिरहेको छ ।

आउँदो भदौभित्रै सर्टिफिकेट धितोमा राखेर ऋण दिने व्यवस्थाका लागि आवश्यक कार्यविधि स्वीकृत गरिसक्ने र मंसिरबाट वितरण गर्ने गरी काम भइरहेको अर्थ मन्त्रालयले जानकारी दिएको छ । बजेटमै अधिकतम् ७ लाखसम्म ऋण दिने भनिएकाले यही सीमाभित्र रहेर कुन तहसम्म अध्ययन गरेकालाई कसरी, कति रुपैयाँसम्म ऋण दिने, कति किस्तामा फिर्ता गर्ने गरी कति वर्षका लागि ऋण दिने भन्ने विषय कार्यविधिमै समेटिने जनाइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७