सिन्धुलीमा जिप दुर्घटना, ४ मृत्यु ६ घाइते


२० कार्तिक २०७४, सोमबार

काठमाडौं: सिन्धुलीको फिक्कल गाउँपालिका ४ को तर्केनीवशीमा बोलेरो जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । आइतबार राति बा ७ च ३६९५ बोलेरो जीप दुर्घटना भएको प्रहरीले जनाएको छ।

accident
मृत्यु हुनेमा पिक्कल ४ का ४० वर्षीय अमरबहादुर दर्लामी, अन्दाजी सोही उमेरका रामप्रसाद बराल, ५९ वर्षीय दिलबहादुर र ६० वर्षीय नरबहादुर बलमपाखी रहेको प्रहरीले जनाएको छ। त्यस्तै दुर्घटनामा गम्भीर घाइते भएका ४१ वर्षीय धनबहादुर मगरको ललिपुरस्थित विएण्डबी अस्पतालमा उपचार भइरहेको छ।
सामान्य घाइते ६ जनाको गोलन्जोर गाउपालिका खुर्कोट अस्पतालमा उपचार भइरहेको छ। चालक यज्ञबहादुर रानामगरलाई भने प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७