जितु नेपालको २१ बुँदे घोषणापत्र सार्वजनिक ! (बुँदासहित)


प्रकाशित मिति : २० कार्तिक २०७४, सोमबार ००:००

काठमाडौं : प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको लागि दलहरुले उम्मेदवार दैर्ता गरिसकेको छ ।  भने घोषणा पत्र सार्वजनिक गर्ने क्रम रहेको छ । यसैबीच हाँस्य कलाकार जितु नेपालले २१ बुँदे फेसबुक घोषणापत्र सार्वजनिक गरेका छन् ।


फेसबुकमा आफुले गर्ने र नगर्ने कामहरुलाई छुट्याएर जितुले २१ बुँदे घोषणापत्र सार्वजनिक गरेका हुन् । घोषणापत्रमा २४ सै घण्टा मोवाईलमा नघोप्टनेदेखी अरुलाई गाली गरेर आफु सज्जन नबनेसम्म रहेको छ ।

जितुको २१ बुँदे फेसबुक घोषणापत्र

  1. जीवनका महत्त्वपूर्ण समयलाई २४ सै घण्टा घोप्टो मुन्टो लगायर मेबाईलमात्रै हेरेर चॉडै ऑखाको दृष्टि गुमाउन तिर न लाग्ने ।
  2.  फेसबुक चलाउने समय निर्धारण गर्ने ।
  3.  साथीभाई सँग बस्दा गफगाफमा ध्यान दिने घोप्टो मुन्टो लायर को आको को गाको थाहै नहुने गरी न झुन्डिने ।
  4. कुनै कार्यलय, होटेल रेष्टुरेन्टमा गयर सब भन्दा पहिला बाइ- फाईको पासवर्ड न माग्ने ।
  5. घरभित्र प्रवेश गरेपछि परिवारलाई समय दिने ।
  6. अरूलाई अनावश्यक म्यासेज न पठाउने, र यो सेर गर्देउ र उ सेर गर्देउ भनेर दु:ख नदिने ।
  7. यो म्यासेज तपॉईले पढेर कम्तीमा पनि २५/३० जनालाई पठॉउनु होला भन्नेका म्यासेज देख्ने बित्तिकै डिलीट गर्ने ।
  8. समय सान्दर्भिक, बेला बेलामा आफ्ना कुरा लेख्ने अनावश्यक कुरा लेखेर गाली खानी कॉम नगर्ने
  9. अरूले लेखेको कुरा लेखेर, कपी पेष्ट भनेर बिद्वान हुन न खोज्ने ।
  10. अति नै सान्दर्भिक , सन्देश र चेतना मूलक कुराहरू बाहेक घरी घरी जे पायो त्यही सेर न गर्ने ।
  11.  बिहॉन ६ बजै नै उठेर ओछ्यामै स्टाटस लेखेर प्रवचन नदिने ।
  12. अरूलाई गाली गरेर आफू सज्जन बन्न न खोज्ने।
  13. आफ्ना फ्रेण्ड शुभ चिन्तक फलोअर्सहरूलाई भ्यायसम्म जन्नदिन लगायतका सुभकार्यमा  म्यासेज कमेन्ट मार्फत बधाई तथा शुभकामना व्यक्त गर्ने ।
  14.  खाना खाको,पेट दुखेको ,निन्द्रा न लागेको,बुढिसंग झगडा परेको,दिक्क भएको वाक्कलागेका कुरा राखेर अरूलाई दिक्क न पार्ने।
  15. मान्छे मरेका, बिरामी भएका, दुर्घटनामा परेका हरूका फोटो लाईक नगर्ने कमेन्टमा दुख व्यक्त गर्ने ।
  16. मासु काटेको, खसी काटेको, कुखुरा भुत्ल्यायको, मासु पकाउदै गरेको रक्सी खॉदै गरेका फोटो लाई, लाईक र कमेन्ट केही नगर्ने।
  17. जो सँग पनि भेट्यो कि धुतुनो चुच्चो पारेर सेल्फि खिचेर राखी न हाल्ने ।
  18. ओछ्यानमा पल्टियर फेसबुक चलायर १२/१ बजे सुतेर बिहॉन ९/१० बजे उठेर ब्यूउझने बित्तिकै फेरी मोबाइल समातेरै ट्वाईलेट नजाने ।
  19. धेरै कुरामा जान्ने सुन्ने भयर हर कुराको विश्लेषक नबन्ने ।
  20.  राजनीतिक कुरामा खासै ध्यान न दिने ।
  21. सकिन्छ आफ्नै व्यक्तिगत सहयोग गर्ने र त्यसको जानकारी सम्म दिने,तर अरू सँग पैसा मागेर अरूलाई नै सहयोग गरेको फोटो राखेर धेरै ठुलो समाज सेवीको पहिचान बनाउन नखोज्ने।

प्रतिक्रिया दिनुहोस्