नेपाललाई १९० रनको चुनौती, पारसले नेदरल्याण्डको लिए चार विकेट


१६ श्रावण २०७५, बुधबार
sompal and parash cricket

काठमाडौं, १६ साउन । भीआरए मैदानमा जारी एकदिवसीय अन्तर्रा्ष्ट्रिय क्रिकेटको पहिलो खेलमा नेपाललाई नेदरल्याण्डले जितका लागि १९० रनको चुनौती दिएको छ । भीआरए मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेदरल्याण्ड ४७.४ ओभरमा नेपालले अलआउट गरेको हो ।parash khadaga

अलआउट गर्ने क्रममा नेपालका कप्तान पारस खड्काले नेदरल्याण्डविरुद्ध चार विकेट लिएका छन् । उनले दोस्रो, चौथो, सातौं र आठौं विकेट लिएका हुन् । उनले सातौं र आठौैं विकेट ४० ओभरमा लिए ।

३९.२ ओभरमा अर्धसतक बनाएका रिप्पोनलाई सातौं विकेटको रुपमा आउट गरे । रिप्पोनले ७६ बलमा दुई चौका सहित ५१ रन बनाए । आठौं विकेट ३९.४ ओभरमा एस स्नाटरलाई शुन्यमा बोल्ड आउट गरे । पारसले १० ओभर बलिङ गर्दे ४ विकेट लिएर २६ रन दिए ।

यस्तै नेपालका लागि सोमपाल कामीले तीन विकेट लिए । उनले पहिलो अन्तिम र महत्वपूर्ण पाँचौ विकेट लिए । उनले नेदरल्याण्डसका ओपनर ड्यानिएल टर ब्राकलाई सोमपालले १ रनमै आउट बनाउन सफल भए । ब्राकले ११ बलमा मात्र १ रन मात्र बनाएका थिए । उनले २.३ ओभरमा बोल्ड आउट गरे । भने उनले अन्तिम विकेट ४७.४ ओभरमा क्लासेनलाई ११ रन आउट गरे । sompal kami

यसैगरी उनले महत्वपूर्ण पाँचौ विकेट लिए । रिप्पोन र डि लीडेले ६९ रनको साझेदारी गरेर खेलिरहेको बेला सोमपालले ३३.४ ओभरमा लीडेको विकेट लिएको हुन् । लिडेले ३० रन बनाएका थिए । भने रिप्पोनले ३९ रन बनाएर खेलिरहेको थिए । सोमपालले ८.४ ओभर बलिङ गर्दे १ मेडन राखेर ३ विकेट लिँदै ३४ रन दिए ।

यस्तै नेपालका लागि सन्दीप लामिछाने, बसन्त रेग्मी र करण केसीले एक–एक विकेट लिए । नेपालका लागि सन्दीप युवा स्पीनर सन्दीपले तेस्रो विकेट लिए । उनले म्याबुर्कलाई बोल्ड आउट गरेका । उनले १२.२ ओभरमा २९ रन बनाएर खेलिरहेका म्याबुर्कलाई आउट गरे ।
यसैगरी बसन्तले नेपालका लागि स्पीनर बसन्त रेग्मीले छैटों विकेट लिएका छन् । बसन्तले सेलरलाई ३८.२ ओभरमा ५ रनमा आउट गरे । उनको यो व्यक्तिगत पहिलो विकेट हो । basanta

नेपाल लागि करण केसीले नवौं विकेट लिए । उनले ४६.४ ओभरमा एस एडवर्थलाई १८ रनमा आउट गरे । ७ ओभर बलिङ गर्दे १ मेडन र १ विकेट लिँदै ३८ रन लिए ।

यस्तै चार ओभर बलिङ गरेका शक्ति गौचनले १५ रन दिए ।

याे पनि पढ्नुहाेस्
नेपाली क्रिकेटको तीन दशक : एक दिवसीय खेल्दासमेत पूर्वाधार निर्माणमा ढिलाइ

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७