ज्ञानेन्द्र बने एकदिवसीयमा अर्धसतक बनाउने पहिलो नेपाली खेलाडी


१६ श्रावण २०७५, बुधबार
gyanedra

काठमाडौं, १६ साउन । नेपालले नेदरल्याण्डविरुद्ध बुधबार खेल खेल्दै एकदिवसीय अन्तराष्ट्रिय क्रिकेटमा डेब्यु गरे । नेपाली क्रिकेटको औपचारिक स्थापनाको ६ दशकपछि नेपालले क्रिकेटमा नयाँ युगको शुरुवात गरेको छ । तर नेपालले खेलमा भने पराजित हुनुपर्यो । नेपालले नेदरल्याण्डसँग ५५ रनले पराजित भए ।gyanedra

नेपालको परम्परागत ब्याटिङ समस्याका कारण नदेरल्याण्डले दिएको १९० रन लक्ष्य पछ्रयाउने क्रममा १४३ रनमै सिमित हुन पुग्यो । नेपालको सुरुवाती ब्याटसम्यानले सुरुवात राम्रो गरेपनि मध्यक्रमका ब्याटसम्यानले राम्रो गर्न सकेन् ।

पहिलो अन्तराट्रिय डेब्यु खेलमा नेपालका उपकप्तान ज्ञानेन्द्र मल्ले भने ५१ रन बनाए । उनी ५१ रन बनाएसँगै नेपालको एकदिवसिय क्रिकेटमा अर्धसतक बनाउने पहिलो नेपाली खेलाडी बने । उनले नेदरल्याण्डविरुद्ध ५७ बलमा ५० रन पुरा गरे । जसमा ८ चौका हाने । उनी ६१ बल खेलेर ५१ रनमा आउट भए ।

याे पनि पढ्नुहाेस्
नेपाललाई १९० रनको चुनौती, पारसले नेदरल्याण्डको लिए चार विकेट
सुखद खेलमा दुःखद नतिजा, अन्तराष्ट्रिय एकदिवसिय डेब्यु खेलमा नेपाल पराजित

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७