नेपालको लगातार विकेट गयो, दुई ओभर तीन खेलाडी आउट


१६ श्रावण २०७५, बुधबार
prarash khadga and gyanedra malla

काठमाडौं, १६ साउन । भीआरए मैदानमा जारी एकदिवसीय अन्तर्रा्िष्ट्रय क्रिकेटको पहिलो खेलमा लगातार विकेट गएको छ । १९ र २० ओभरमा नेपालको तीन खेलाडी आउट भएका छन् । नेपालकाे पाँचाैं विकेट झरेकाे छ ।prarash khadga and gyanedra malla

१८.२ ओभरमा कप्तान पारस खडका २१ बलमा १ चौकासहित १२ रन बनाएर आउट भए । उनले सेलरमा बलमा एलबिडब्लु धरापमा परे । उनले पहिलो इनिङमा ४ चार विकेट लिएको थिए ।

यस्तै नेपालका लागि अर्धसतक बनाएका ज्ञानेन्द्र मल्लले ५१ रनमा आउट भए । उनी १९.१ओभरका रिप्पनको बलमा आउट भए । मल्लले ६१ ब्लमा ८ चौका सहित ५१ रन बनाए ।

यस्तै १९.४ ओभरको आरिफ शेख रिप्पनको बलमा शुन्यमा आउट भए । २२.३ अाेभरमा सेलरकाे बलमा साेमपाल कामी पनि शुन्यमा अाउट भएका छन् ।

यसअघि नेपालका लागि पहिलो विकेटको रुपमा अनिल शाह आउट भए । नेदरल्याण्डले जितका लागि दिएको १९० रनको चुनौती पछ्र्याइरहेको नेपालको ओपनिङ ब्याटसम्यान अनिल शाह २१ रन बनाएर आउट भएका हुन् । क्लासेनको बलमा १२.२ ओभरमा आउट भएका अनिलले दुई चौका हानेको थिए ।

क्रिजमा अहिले दिपेन्द्र सिहं ऐरी र वसन्त रेग्मी रहेका छन् । दिपेन्द्रले ८ रन बनाएको छ । २३ओभरका समाप्तीमा नेपालले ५ विकेट गुमाएर ९४ रन बनाएको छ ।

नेपालले यसअघि नेदरल्याण्डलाई ४७.४ ओभरमा नेपालले अलआउट गरेको हो ।

याे पनि पढ्नुहाेस्
नेपाललाई १९० रनको चुनौती, पारसले नेदरल्याण्डको लिए चार विकेट

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७