नेपालले १०० रन कटायो


१६ श्रावण २०७५, बुधबार
Dipendra sing Airee

काठमाडौं, १६ साउन । भीआरए मैदानमा जारी एकदिवसीय अन्तर्रा्िष्ट्रय क्रिकेटको पहिलो खेलमा नेपालले १०० रन कटाएको छ । २६ औं ओभरका ८ रन बनाउँदै १०४ रन बनाएको हो । यस ओभरका पहिलो छक्का समेत दिपेन्द्र सिहं ऐरीले हानेका छन् । ऐरीले १८ रन बनाएका छन् । नेपालको छैटो विकेट गुमेको छ । Dipendra sing Airee

नेपालका वसन्त रेग्मी शुन्यमा आउट भएका छन् । उनी २६.१ओभरमा आउट भए । अहिले दिपेन्द्रलाई साथ दिन शक्ति गौचन आएका छन् ।

यसअघि नोपलको लगातार विकेट गएको थियो । १९ र २० ओभरमा नेपालको तीन खेलाडी आउट भएका छन् । १८.२ ओभरमा कप्तान पारस खडका २१ बलमा १ चौकासहित १२ रन बनाएर आउट भए । उनले सेलरमा बलमा एलबिडब्लु धरापमा परे । उनले पहिलो इनिङमा ४ चार विकेट लिएको थिए ।

यस्तै नेपालका लागि अर्धसतक बनाएका ज्ञानेन्द्र मल्लले ५१ रनमा आउट भए । उनी १९.१ओभरका रिप्पनको बलमा आउट भए । मल्लले ६१ ब्लमा ८ चौका सहित ५१ रन बनाए ।

यस्तै १९.४ ओभरको आरिफ शेख रिप्पनको बलमा शुन्यमा आउट भए । यसअघि नेपालका लागि पहिलो विकेटको रुपमा अनिल शाह आउट भए । नेदरल्याण्डले जितका लागि दिएको १९० रनको चुनौती पछ्र्याइरहेको नेपालको ओपनिङ ब्याटसम्यान अनिल शाह २१ रन बनाएर आउट भएका हुन् । क्लासेनको बलमा १२.२ ओभरमा आउट भएका अनिलले दुई चौका हानेको थिए ।

याे पनि पढ्नुहाेस्
नेपाललाई १९० रनको चुनौती, पारसले नेदरल्याण्डको लिए चार विकेट

नेपालको लगातार विकेट गयो, दुई ओभर तीन खेलाडी आउट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७