सुखद खेलमा दुःखद नतिजा, अन्तराष्ट्रिय एकदिवसिय डेब्यु खेलमा नेपाल पराजित


१६ श्रावण २०७५, बुधबार
nepal cricket
फाइल तस्बिर

काठमाडौं, १६ साउन । एकदिवसीय अन्तर्रा्िष्ट्रय क्रिकेटको पहिलो खेलमा नेपाल नेदरल्याण्डसँग फराकिलो अन्तरले पराजित भएको छ । नेपाल ४१.५ ओभरमा अलआउट हुँदै ५५ रनले पराजित भएको हो । nepal cricket

नेपालले ४१.५ ओभरमा १३४ रन बनाउँदै अलआउट भए । यसअघि टस जितेर पहिलो ब्याटिङ गरेको नेदरल्याण्डले ४७.४ ओभरमा अलआउट हुँदै १८९ रन बनाएको थियो ।

नेपालका लागि राम्रो सुरुवात गरेको ज्ञानेन्द मल्ल र अनिल शाहले ५८ रन सम्म साझेरी गरेको थिए । तर पहिलो विकेटको रुपमा अनिल शाह २१ रन बनाएर आउट भएका हुन् । क्लासेनको बलमा १२.२ ओभरमा आउट भएका अनिलले दुई चौका हानेको थिए ।gyanedra

त्यसपछि आएका कप्तान पारस खड्का १८.२ ओभरमा २१ बलमा १ चौकासहित १२ रन बनाएर आउट भए । उनले सेलरमा बलमा एलबिडब्लु धरापमा परे । उनले पहिलो इनिङमा ४ चार विकेट लिएको थिए ।

तेस्रो विकेट रुपमा नेपालका लागि अर्धसतक बनाएका ज्ञानेन्द्र मल्लले ५१ रनमा आउट भए । उनी १९.१ओभरका रिप्पनको बलमा आउट भए । मल्लले ६१ ब्लमा ८ चौका सहित ५१ रन बनाए । उनी आउट भए सँगै नेपालको ब्याटिङ लाईन धर्मरायो ।

त्यसपछि दीपेन्द्रसिंह ऐरीले बाहेक अन्यले राम्रो गर्न सकेन् । दीपेन्द्रले ३३ रन बनाए । उनलाई क्लासेनले ३३.६ ओभरमा आउट गरे ।

नेपालको १९ र २० ओभरमा नेपालको तीन खेलाडी आउट भए । नेपालका आरिफ शेख, वसन्त रेग्मी, करण केशी शुन्य मै आउट भए भने सन्दीप लामिछानेले १ रन मात्र बनाए । १९.४ ओभरको आरिफ शेख रिप्पनको बलमा, वसन्त २६.१ओभरमा सेलरको बलमा आउट भए । यस्तै कसरी क्लासेनको बलमा करण ३५.३ ओभरमा र सन्दीप रिप्पनको बलमा ३६.३ ओभरमा आउट भए ।

यसैगरी चोटका कारण अन्तिममा ब्याटिङ गर्न आएका सरद भेषाकर ४ रनमा आउट भए भने शक्ति गौचन १० रनमा नटआउट रहे ।

पहिलो ब्याटिङ गरेको नेदरल्याण्डको नेपालका कप्तान पारस खड्काले नेदरल्याण्डविरुद्ध चार विकेट लिए । उनले दोस्रो, चौथो, सातौं र आठौं विकेट लिएका हुन् । उनले सातौं र आठौैं विकेट ४० ओभरमा लिए ।images cms image 000053287

३९.२ ओभरमा अर्धसतक बनाएका रिप्पोनलाई सातौं विकेटको रुपमा आउट गरे । रिप्पोनले ७६ बलमा दुई चौका सहित ५१ रन बनाए । आठौं विकेट ३९.४ ओभरमा एस स्नाटरलाई शुन्यमा बोल्ड आउट गरे । पारसले १० ओभर बलिङ गर्दे ४ विकेट लिएर २६ रन दिए ।

यस्तै नेपालका लागि सोमपाल कामीले तीन विकेट लिए । उनले पहिलो अन्तिम र महत्वपूर्ण पाँचौ विकेट लिए । उनले नेदरल्याण्डसका ओपनर ड्यानिएल टर ब्राकलाई सोमपालले १ रनमै आउट बनाउन सफल भए । ब्राकले ११ बलमा मात्र १ रन मात्र बनाएका थिए । उनले २.३ ओभरमा बोल्ड आउट गरे । भने उनले अन्तिम विकेट ४७.४ ओभरमा क्लासेनलाई ११ रन आउट गरे ।sompal kami

यसैगरी उनले महत्वपूर्ण पाँचौ विकेट लिए । रिप्पोन र डि लीडेले ६९ रनको साझेदारी गरेर खेलिरहेको बेला सोमपालले ३३.४ ओभरमा लीडेको विकेट लिएको हुन् । लिडेले ३० रन बनाएका थिए । भने रिप्पोनले ३९ रन बनाएर खेलिरहेको थिए । सोमपालले ८.४ ओभर बलिङ गर्दे १ मेडन राखेर ३ विकेट लिँदै ३४ रन दिए ।

यस्तै नेपालका लागि सन्दीप लामिछाने, बसन्त रेग्मी र करण केसीले एक–एक विकेट लिए । नेपालका लागि सन्दीप युवा स्पीनर सन्दीपले तेस्रो विकेट लिए । उनले म्याबुर्कलाई बोल्ड आउट गरेका । उनले १२.२ ओभरमा २९ रन बनाएर खेलिरहेका म्याबुर्कलाई आउट गरे ।
यसैगरी बसन्तले नेपालका लागि स्पीनर बसन्त रेग्मीले छैटों विकेट लिएका छन् । बसन्तले सेलरलाई ३८.२ ओभरमा ५ रनमा आउट गरे । उनको यो व्यक्तिगत पहिलो विकेट हो ।basanta

नेपाल लागि करण केसीले नवौं विकेट लिए । उनले ४६.४ ओभरमा एस एडवर्थलाई १८ रनमा आउट गरे । ७ ओभर बलिङ गर्दे १ मेडन र १ विकेट लिँदै ३८ रन लिए ।

यस्तै चार ओभर बलिङ गरेका शक्ति गौचनले १५ रन दिए ।

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७