चार दिने जिआइएस तालिम सम्पन्न


१७ श्रावण २०७५, बिहीबार
GIS training 1

ललितपुर, १७ साउन । विश्व शान्त प्रकृतिको आयोजनामा चार दिने जिआइएस तालिम सम्पन्न भएको छ । शान्ति प्रकृतिको कार्यलय बालकुमारीमै सोमबारदेखि शुरु भएको तालिम बिहिबार एक कार्यक्रम गरि समापन गरिएको हो ।

GIS training 1
तालिम सहभागी प्रशिक्षार्थी । तस्बिर : सदन रार्इ

५३ जना प्रशिक्षार्थी सहभागी कार्यक्रममा वन विज्ञान र वातावरण अध्ययन गर्ने विद्यार्र्थीहरुको सहभागीता रहेको थियो ।

कार्यक्रममा जिआइएस एप्लीकेशन प्रयोग गरी नक्सा बनाउनु सिकाउनु मुख्य उदेश्य रहेको प्रकृतिको उपाध्यक्ष शान्ति तामाङले जानकारी दिइन् । ‘यो प्रशिक्षणले प्रशिक्षार्थीहरुलाई नक्सा कसरी जिआइएस एप्लीकेशन प्रयोग गरेर बनाइन्छ भनेर सिकाउने उद्देश्य थियो, जुन हामीले सम्पन्न गरेका छौं ।’ उनले कार्यक्रमपछि भनिन् ।

GIS training 2
तालिमपछि प्रमाणपत्रका साथ सहभागी प्रशिक्षार्थी ।

 

यस्तै कार्यक्रममा सहभागी रजनीश खतिवडाले प्रशिक्षण रहभागी भएर धेरै कुरा सिक्ने मौका पाएको बताए । उनले भने,‘हामीले जिआइएसबारे सुनेका मात्र थियौं तर आज प्रशिक्षण सम्पन्न भइन्जेलसम्म धेरै कुरा सिक्ने मौका पायौं । हामीलाई नक्सा बनाउन जानौं ।’

कार्यक्रमपछि प्रशिक्षक आशिश त्रिपाठीले प्रशिक्षार्थीहरुले एकदमै इच्छापूर्वक सिकेको र सिकाउन पनि सहज भएको बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७