नेपालले दोस्रो एकदिवसीय क्रिकेटमा खेल्दै, नयाँ खेलाडीको डेब्यू हुने


१८ श्रावण २०७५, शुक्रबार
cricket nepal 1

काठमाडौं, १८ साउन । नेपालले दोस्रो अन्तर्रा्ष्ट्रिय एकदिवसीय खेलमा आज नेदरल्याण्ड्ससँग प्रतिष्पर्धा गर्दैछ । नेपाली समयानुसार शुक्रबार दिउँसो २ः४५ बजे नेदरल्याण्ड्सस्थित भीआरए मैदानमा घरेलु टोलीविरुद्ध नेदरल्याण्ड्स र नेपालबीच हुनेछ ।cricket nepal 1

यसअघि बुधबार भएको पहिलो ओडिआईमा नेपाल नेदरल्याण्ड्ससँग ५५ रनले पराजित भएको थियो भने नेपाल पहिलो जित निकाल्दै सिरिज बराबरी गर्ने लक्ष्यका साथ उत्रनेछ ।

पहिलो खेलमा ब्याट्सम्यानहरु नचल्दा फराकिलो अन्तरले पराजित हुनुपरेको भन्दै यसपटक आफूहरु जिम्मेवारीपूर्वक प्रस्तुत भए खेल जित्न सक्ने कप्तान पारस खड्काले बताएका छन् । उनले भने,‘५५ रनको दूरीले हार्नुभन्दा हामी अझै राम्रो खेल्न सक्थ्यौं, आजको खेलमा हामी थप समय मैदानमा रहँदै स्कोर बढी गर्न सक्यौं भने आशा गरौं आजको खेलमा जित्दै हिसाब बराबर गर्न सक्नेछौं ।’

नेपाली टोलीको पहिलो खेलमा पारस खड्का (कप्तान), अनिलकुमार साह, वसन्त रेग्मी, दीपेन्द्रसिंह ऐरी, ज्ञानेन्द्र मल्ल, करण केसी, ललित भण्डारी, ललित राजवंशी, आरिफ शेख, रोहितकुमार पौडेल, सन्दीप लामिछाने, शक्ति गौचन, शरद भेषवाकर, सोमपाल कामी, सुवास खकुरेल रहेका थिए । आजको खेलमा टोली खेलाडी परिवर्तन हुने सम्भावना रहेको छ ।

मध्यक्रममा अनुभवी ब्याट्सम्यान शरद भेषावाकरको औलामा चोट लागेका कारण आज नखेल्ने पक्का छ । पहिलो खेल उनी अन्तिम ब्याटिङ गर्न आएका थिए । उनको स्थानमा युवा ब्याट्सम्यान रोहित पौडेलको डेब्यू हुने सम्भावना रहेको छ ।

basantaयस्तै शक्ति गौचनले पहिलो एकदिवसिया खेललाई अन्तिम अन्तर्रा्ष्ट्रिय खेल बनाएकाले उनको स्थानमा स्पिनर ललित नारायण राजवंशी वा तीव्रगतिका बलर ललितसिंह भण्डारीले डेब्यु गर्नेछन् । शक्तिको स्थानमा भने स्पिनर ललितको सम्भावना उच्च छ । यता, तीनवर्षपछि राष्ट्रिय टोलीमा डेब्यू गरेका सुवास खकुरेलले पनि टोलीमा स्थान बनाउने झिनो सम्भावना छ ।

नेदरल्यान्ड्स टोलीमा पिटर सिलार (कप्तान), वेस्ले बारेसी, बास डे लिडी, बेन कुपर, स्कट इडवार्ड्स, फ्रेड क्लासन, हिडे ओभरजिक स्टेफिन माइबुर्घ, पाउल भान मीकेरेन, म्याक्स ओडोड, हिडी ओभरजिक्स, मिचेल रिप्पोन, सेन स्टनर, ड्यानियल टेर ब्राक छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७