लक्ष्यअनुसार काम नहुँदा तामाकोशीको लागत दोब्बर


१८ श्रावण २०७५, शुक्रबार
Upper Tamakoshi

काठमाडौं, १८ साउन । आन्तरिक स्रोतबाट निर्माणाधीन माथिल्लो तामाकोशी आयोजनाको काम लक्ष्य अनुसार अघि बढ्न नसक्दा लागत दोब्बर बन्ने देखिएको छ । आयोजना पूरा गर्न तेस्रो पटक थपिएको म्यादमा पनि विद्युत उत्पादन नहुने देखिएको छ ।tamakoshi

तोकिएको समयमा आयोजना नबन्दा यसको लागत झण्डै दोब्बर बढ्ने देखिएको जनाइएको छ । १० वर्षअघि आयोजनाको लागत ३५ अर्ब २९ करोड ४१ लाख रुपैयाँ निर्धारण गरिएको थियो । हाल आयोजनाको लागत ४९ अर्ब २९ करोड ५५ लाख पुगेको छ ।

यो निर्माण अवधिको ब्याज बाहेकको लागत अनुमान हो । गत वर्ष असारसम्म आयोजनाको निर्माण अवधिको ब्याज १० अर्ब ४७ लाख ४४ हजार रुपैयाँ छ । अहिलेकै अवस्थामा ब्याजसहित आयोजनाको लागत करीब ६० अर्ब पुग्ने छ । निर्माण अवधिको ब्याज अझै बढ्ने भएकाले आयोजनाको लागत दोब्बर पुग्न सक्छ । यसको ब्याज आर्थिक वर्ष २०७२–७३ को अन्त्यसम्म ६ अर्ब ७७ करोड ९० लाख थियो । एक वर्षमा ब्याज चार अर्बले बढेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७