दोस्रो अन्तराष्ट्रिय एकदिवसिय क्रिकेट : ब्याटिङ गर्दै नेपाल, यी तीन खेलाडीले गरे डेब्यु


१८ श्रावण २०७५, शुक्रबार
subash rohit lalit

काठमाडौं, १८ साउन । दोस्रो अन्तराष्ट्रिय एकदिवसिय क्रिकेटमा नेदरल्याण्ड्सविरुद्ध नेपालले टस जितेर ब्याटिङ गरिरहेकाे छ । आम्स्टलभिनस्थिन भिआरए ग्राउण्डमा नेपालले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको हो ।

नेपालको आज पहिलो खेलमा बेहोरेको हालको बदला लिदैं श्रृखंलामा बराबरी गर्ने हुनेछ । नेदरल्यान्ड्सलाई १ सय ८९ रनमा अलआउट गरेको नेपालले पहिलो खेलमा सानदार सुरुआत गर्ने क्रममा १ विकेट गुमाई ८५ रन बनाइसकेको थियो । तर ४९ रनमा बाँकी ९ विकेट गुमाएको नेपाल ४१.५ ओभरमा १ सय ३४ रनमै अलआउट भइ पराजय बेहोर्न बाध्य भएको थियो।

पहिलो खेलमा नेपालले सुरुवात राम्रो गरेपनि त्यो लय काम राख्न सकेन्। मध्यक्रममा एकपछि अर्को विकेट जानु नेपालको हारको मुख्य कारण बन्यो ।

नेपालको आज पहिलो खेलमा बेहोरेको हालको बदला लिदैं श्रृखंलामा बराबरी गर्ने हुनेछ । नेदरल्यान्ड्सलाई १ सय ८९ रनमा अलआउट गरेको नेपालले पहिलो खेलमा सानदार सुरुआत गर्ने क्रममा १ विकेट गुमाई ८५ रन बनाइसकेको थियो । तर ४९ रनमा बाँकी ९ विकेट गुमाएको नेपाल ४१.५ ओभरमा १ सय ३४ रनमै अलआउट भइ पराजय बेहोर्न बाध्य भएको थियो।

आजको खेलमा विकेटकिपर ब्याट्सम्यान सुवास खकुरेल, रोहित पौडेल र ललित भण्डारीले आजको खेलबाट ओडिआई डेब्यु गरेका छन् । शरद भेषावकर, शक्ति गौचन र करण केसीको स्थानमा उनीहरुले स्थान बनाएका छन् । अनिल शाहको ठाउँमा ओपनिङ ब्याटिङमा सुवास खकुरेलले गरेका छन् ।

https://youtu.be/pyqa3FVg_xY



आजको खेलमा विकेटकिपर ब्याट्सम्यान सुवास खकुरेल, रोहित पौडेल र ललित भण्डारीले आजको खेलबाट ओडिआई डेब्यु गरेका छन् । शरद भेषावकर, शक्ति गौचन र करण केसीको स्थानमा उनीहरुले स्थान बनाएका छन् । अनिल शाहको ठाउँमा ओपनिङ ब्याटिङमा सुवास खकुरेलले गरेका छन् ।

 पौडेल एकदिवसीय अन्तर्राष्ट्रिय (ओडिआर्इ)मा डेब्यू गर्ने विश्वकै चौथो कान्छा खेलाडी बनेका छन्। नेपालबाट भने ओडिआर्इ खेल्ने सबैभन्दा कान्छा खेलाडीको कीर्तिमान उनले राखेका छन्।

सुरुवाती एघार
पारस खडका, ज्ञानेन्द्र मल्ल, सुवास खकुरेल, आरिफ सेख, बसन्त रेग्मी सोमपाल कामी, रोहित पौडेल, अनिल साह, सन्दीप लामिछाने, दीपेन्द्रसिंह ऐरी, ललितसिंह भण्डारी।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७