१५ ओभरमा नेपालको ५२ रन, तीन खेलाडी आउट

ज्ञानेन्द्र, अनिल र सुवास आउट


१८ श्रावण २०७५, शुक्रबार

काठमाडौं, १८ साउन । दोस्रो अन्तराष्ट्रिय एकदिवसिय क्रिकेटमा नेदरल्याण्ड्सविरुद्ध नेपालले १५ ओभरमा ६७ रन बनाएको छ । अहिले क्रिजमा रहेको पारसले १० र दिपेन्द्रसिंह ऐरीले १८ रन बनाएका छन् ।

 


आम्स्टलभिनस्थिन भिआरए ग्राउण्डमा टस जितेर ब्याटिङ गरिहको नेपालका तीन ब्याटस म्यान आउट भएइसकेका छन् । ओपरनर ज्ञानेन्द्र मल्ल र तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका अनिल शाह आउट भएका हुन् ।

ज्ञानेन्द्र र अनिल एकै ओभरका आउट भएका थिए । ज्ञानेन्द्र १३ (२४) रनमा ७.२ ओभरका र शाह ४(३) अन्तिम बलमा नेदरल्याण्डका क्लासेनले आउट गरेका थिए ।

यस्तै १३ ओभरको पहिलो बलमा ओपनिङ ब्याटसम्यान सुवास खकुरेल पनि आउट भएको छ । उनी १९(३३) रन बनाउँदै आउट भए । उनी पनि क्लासेनकै बलमा आउट भए ।

नेदरल्याण्डका लागि क्लासेनले तीन विकेट लिएका हुन् ।

यो पनि पढ्नुहोस्
दोस्रो अन्तराष्ट्रिय एकदिवसिय क्रिकेट स् ब्याटिङ गर्दै नेपाल, यी तीन खेलाडीले गरे डेब्यु

प्रतिक्रिया
  • अध्यक्ष तथा प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु सिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७