नेपालले २४ ओभरमा १०० सय कटायो


१८ श्रावण २०७५, शुक्रबार
Paras Khadka celebrates scoring 50 runs
कप्तान पारस खड्का । फाइल तस्बिर


काठमाडौं, १८ साउन । दोस्रो अन्तराष्ट्रिय एकदिवसिय क्रिकेटमा नेदरल्याण्डविरुद्ध १०० रन कटाएको छ । आम्स्टलभिनस्थिन भिआरए ग्राउण्डमा टस जितेर ब्याटिङ गरिहको नेपालले २४ औं ओभरको समाप्तीको ५ विकेट गुमाएर १०० रन कटाएको हो ।

अहिले क्रिजमा कप्तान पारस खड्का र आरिफ शेख रहेका छन् । २९ अाेभरकाे समाप्तीमा १८८ रन बनाएका छन् ।  पारसले ३५ रन र आरिफले १० रन बनाएर खेलिरहेका छन् । 

https://youtu.be/pyqa3FVg_xY

यसअघि रोहित कुमार पौडेल ६ रन र मध्यक्रमका ब्याटस्म्यान दिपेन्द्र सिंह ऐरीलाई १९ (१७) रनमा रिप्पोनले आउट गरे । १९.५ ओभरमा रिप्पोनको बलमा पौडेल दिपेन्द्र १५.५ ओभरमा आउट भए ।
यस्तै ओपरनर ज्ञानेन्द्र मल्ल र तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका अनिल शाह एकै ओभरका आउट भएका थिए । ज्ञानेन्द्र १३ (२४) रनमा ७.२ ओभरका र शाह ४(३) अन्तिम बलमा नेदरल्याण्डका क्लासेनले आउट गरेका थिए ।

१३ ओभरको पहिलो बलमा ओपनिङ ब्याटसम्यान सुवास खकुरेल पनि आउट भएको छ । उनी १९(३३) रन बनाउँदै आउट भए । उनी पनि क्लासेनकै बलमा आउट भए । नेदरल्याण्डका लागि क्लासेनले तीन विकेट लिएका हुन् ।

यो पनि पढ्नुहोस्
दोस्रो अन्तराष्ट्रिय एकदिवसिय क्रिकेट : ब्याटिङ गर्दै नेपाल, यी तीन खेलाडीले गरे डेब्यु
दिपेन्द्रसिंह ऐरी आउट
१५ ओभरमा नेपालको ५२ रन, तीन खेलाडी आउट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७