पारस ओडिआईमा अर्धसतक हान्ने नेपालको दोस्रो खेलाडी

नेदरल्याण्डविरुद्ध पारसको अर्धसतक


१८ श्रावण २०७५, शुक्रबार
parash khadka 1
अर्धसतक प्रहारपछि कप्तान पारस खड्का ।



काठमाडौं, १८ साउन । नेपालको कप्तान पारस खड्काले एकदिवसिय क्रिकेटमा अर्धसतक हान्ने नेपालका दोस्रो खेलाडी बनेका छन् । आम्स्टलभिनस्थिन भिआरए ग्राउण्डमा जारी खेलमा पारसले नेदरल्याण्डविरुद्ध अर्धसतक प्रहान गरेका हुन् । 

उनले ३०.१ ओभरका छक्का प्रहार गर्दे अर्धसतक पुरा गरेका थिए । उनले ५५ बलमा अर्धसतक बनाएका हुन् । अर्धसतक प्रहार गरेसँग कप्तान खड्का ३०.६ ओभरमा ६९ बलमा ५१ रन बनाउँदै आउट भए । उनले ६ चौका र २ छक्का प्रहार गरेका थिए ।
पहिलो एकदिवसिय खेलमा नेपालका लागि उपकप्तान ज्ञानेन्द्र मल्लले अर्धसतक हानेको थिए । उनले पनि ५१ रन नै बनाएर आउट भएका थिए ।

ज्ञानेन्द्र बने एकदिवसीयमा अर्धसतक बनाउने पहिलो नेपाली खेलाडी

अहिले क्रिजमा सोमपाल कामी र आरिफ शेख रहेका छन् । नेपालले ३५ ओभरको समाप्तीमा १४७ रन बनाएको छ । 
यसअघि रोहित कुमार पौडेल ६ रन र मध्यक्रमका ब्याटस्म्यान दिपेन्द्र सिंह ऐरीलाई १९ (१७) रनमा रिप्पोनले आउट गरे । १९.५ ओभरमा रिप्पोनको बलमा पौडेल दिपेन्द्र १५.५ ओभरमा आउट भए ।
यस्तै ओपरनर ज्ञानेन्द्र मल्ल र तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका अनिल शाह एकै ओभरका आउट भएका थिए । ज्ञानेन्द्र १३ (२४) रनमा ७.२ ओभरका र शाह ४(३) अन्तिम बलमा नेदरल्याण्डका क्लासेनले आउट गरेका थिए ।
१३ ओभरको पहिलो बलमा ओपनिङ ब्याटसम्यान सुवास खकुरेल पनि आउट भएको छ । उनी १९(३३) रन बनाउँदै आउट भए । उनी पनि क्लासेनकै बलमा आउट भए । नेदरल्याण्डका लागि क्लासेनले तीन विकेट लिएका हुन् ।

https://youtu.be/pyqa3FVg_xY


१३ ओभरको पहिलो बलमा ओपनिङ ब्याटसम्यान सुवास खकुरेल पनि आउट भएको छ । उनी १९(३३) रन बनाउँदै आउट भए । उनी पनि क्लासेनकै बलमा आउट भए । नेदरल्याण्डका लागि क्लासेनले तीन विकेट लिएका हुन् ।

यो पनि पढ्नुहोस् 
दोस्रो अन्तराष्ट्रिय एकदिवसिय क्रिकेट : ब्याटिङ गर्दै नेपाल, यी तीन खेलाडीले गरे डेब्यु
दिपेन्द्रसिंह ऐरी आउट
१५ ओभरमा नेपालको ५२ रन, तीन खेलाडी आउट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७