नेपालको आठौं विकेट गयो


१८ श्रावण २०७५, शुक्रबार
nepali cricket
जारी खेल


काठमाडौं, १८ साउन । एकदिवसिय क्रिकेटमा अन्र्तगत नेदरल्याण्डविरुद्ध जारी नेपालको आठौं विकेट गएको छ । ३६.४ ओभरमा सेलरको बलमा नेपालको आरिफ शेख र ३९.१ ओभरका बसन्त रेग्मी १ रनमा आउट भएका हुन् । आरिफ उनले ४६ बलमा १६ रन बनाएर क्याच आउट भएका हुन् । बसन्तलाई मीकरेमले आउट गरे ।


क्रिजमा सन्दीप लामिछानो र सोमपाल कामी रहेको छन् । ४० ओभरको समाप्तीमा नेपालले १६३ रन बनाएको । सोमपालले १९ बलमा २२ रन बनाएका छन् ।

आजको खेलमा नेपालका कप्तान पारस खड्का अर्धसतक हान्ने नेपालका दोस्रो खेलाडी बनेका छन् । आम्स्टलभिनस्थिन भिआरए ग्राउण्डमा जारी खेलमा पारसले नेदरल्याण्डविरुद्ध अर्धसतक प्रहान गरेका हुन् ।

नले ३०.१ ओभरका छक्का प्रहार गर्दे अर्धसतक पुरा गरेका थिए । उनले ५५ बलमा अर्धसतक बनाएका हुन् । अर्धसतक प्रहार गरेसँग कप्तान खड्का ३०.६ ओभरमा ६९ बलमा ५१ रन बनाउँदै आउट भए । उनले ६ चौका र २ छक्का प्रहार गरेका थिए ।

अहिले क्रिजमा सोमपाल कामी र आरिफ शेख रहेका छन् । नेपालले ३३ ओभरको समाप्तीमा १३८ रन बनाएको छ ।

यसअघि रोहित कुमार पौडेल ६ रन र मध्यक्रमका ब्याटस्म्यान दिपेन्द्र सिंह ऐरीलाई १९ (१७) रनमा रिप्पोनले आउट गरे । १९.५ ओभरमा रिप्पोनको बलमा पौडेल दिपेन्द्र १५.५ ओभरमा आउट भए ।
यस्तै ओपरनर ज्ञानेन्द्र मल्ल र तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका अनिल शाह एकै ओभरका आउट भएका थिए । ज्ञानेन्द्र १३ (२४) रनमा ७.२ ओभरका र शाह ४(३) अन्तिम बलमा नेदरल्याण्डका क्लासेनले आउट गरेका थिए ।

१३ ओभरको पहिलो बलमा ओपनिङ ब्याटसम्यान सुवास खकुरेल पनि आउट भएको छ । उनी १९(३३) रन बनाउँदै आउट भए । उनी पनि क्लासेनकै बलमा आउट भए । नेदरल्याण्डका लागि क्लासेनले तीन विकेट लिएका हुन् ।

यो पनि पढ्नुहोस् 
दोस्रो अन्तराष्ट्रिय एकदिवसिय क्रिकेट : ब्याटिङ गर्दै नेपाल, यी तीन खेलाडीले गरे डेब्यु
दिपेन्द्रसिंह ऐरी आउट
१५ ओभरमा नेपालको ५२ रन, तीन खेलाडी आउट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७