नेदरल्याण्डविरुद्ध सोमपालले हान्यो अर्धसतक, ओडिआईमा अर्धसतक हान्ने तेस्रो खेलाडी


प्रकाशित मिति : August 3, 2018

काठमाडौं, १८ साउन ।  एकदिवसिय अन्तराष्ट्रिय क्रिकेटमा नेपालका फास्ट बलर सोमपाल कामी अर्धसतक तेस्रो खेलाडी बनेका छन् ।

आम्स्टलभिनस्थिन भिआरए ग्राउण्डमा जारी खेलमा सोमपालले ४३.४ ओभरमा छक्का प्रहार गर्दे अर्धसतक पुरा गरेका हुन् ।  

जारी नेपालको आठौं विकेट गएको छ । ३६.४ ओभरमा सेलरको बलमा नेपालको आरिफ शेख र ३९.१ ओभरका बसन्त रेग्मी १ रनमा आउट भएका हुन् ।  आरिफ उनले ४६ बलमा १६ रन बनाएर क्याच आउट भएका हुन् । बसन्तलाई मीकरेमले आउट गरे ।क्रिजमा सन्दीप लामिछानो र सोमपाल कामी रहेको छन् । ४० ओभरको समाप्तीमा नेपालले १६३ रन बनाएको । सोमपालले १९ बलमा २२ रन बनाएका छन् ।

आजको खेलमा नेपालका कप्तान पारस खड्का अर्धसतक हान्ने नेपालका दोस्रो खेलाडी बनेका छन् ।  उनले ३०.१ ओभरका छक्का प्रहार गर्दे अर्धसतक पुरा गरेका थिए । उनले ५५ बलमा अर्धसतक बनाएका हुन् । अर्धसतक प्रहार गरेसँग कप्तान खड्का ३०.६ ओभरमा ६९ बलमा ५१ रन बनाउँदै आउट भए । उनले ६ चौका र २ छक्का प्रहार गरेका थिए ।  

यसअघि रोहित कुमार पौडेल ६ रन र मध्यक्रमका ब्याटस्म्यान दिपेन्द्र सिंह ऐरीलाई १९ (१७) रनमा रिप्पोनले आउट गरे । १९.५ ओभरमा रिप्पोनको बलमा पौडेल दिपेन्द्र १५.५ ओभरमा आउट भए ।

यस्तै ओपरनर ज्ञानेन्द्र मल्ल र तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका अनिल शाह   एकै ओभरका आउट भएका थिए । ज्ञानेन्द्र  १३ (२४) रनमा  ७.२ ओभरका र शाह ४(३) अन्तिम बलमा नेदरल्याण्डका क्लासेनले आउट गरेका थिए ।

१३ ओभरको पहिलो बलमा ओपनिङ ब्याटसम्यान सुवास खकुरेल पनि आउट भएको छ । उनी १९(३३) रन बनाउँदै आउट भए । उनी पनि क्लासेनकै बलमा आउट भए ।  नेदरल्याण्डका लागि क्लासेनले तीन विकेट लिएका हुन् । 

यो पनि पढ्नुहोस् 
दोस्रो अन्तराष्ट्रिय एकदिवसिय क्रिकेट : ब्याटिङ गर्दै नेपाल, यी तीन खेलाडीले गरे डेब्यु
दिपेन्द्रसिंह ऐरी आउट
१५ ओभरमा नेपालको ५२ रन, तीन खेलाडी आउट
नेपालको आठौं विकेट गयो



प्रतिक्रिया दिनुहोस्