नेपालद्वारा नेदरल्याण्डलाई २१७ रनको लक्ष्य प्रस्तुत, पारस र सोमपालले हाने अर्धसतक


१८ श्रावण २०७५, शुक्रबार
Sompal kami and parash khadka


काठमाडौं, १८ साउन । एकदिवसिय अन्तराष्ट्रिय क्रिकेटको दोस्रो खेलमा नेपालद्वारा नेदरल्याण्डलाई २१७ रनको लक्ष्य प्रस्तुत गरेको छ । आम्स्टलभिनस्थिन भिआरए ग्राउण्डमा टस जितेर ब्याटिङ रोजेको नेपालले ४८.५ ओभरमा अलआउट हुँदै २१६ रन बनायो ।


नेपालका लागि कप्तान पारस खड्का र सोमपाल कामीको अर्धसतक मद्धतले नेपालले २०० रन कटाउन सफल भयो । नेदरल्याण्डविरुद्धकै पहिलो खेलमा नेपालले १३४ रन मात्र बनाएको थियो ।
नेपाल लागि सोमपालले सर्वाधिक ६१ रन बनाए । उनले ४३.४ ओभरमा छक्का प्रहार गर्दे अर्धसतक पुरा गरेका थिए । उनी ६१ रनमा रिप्पनको बलमा नवौँ विकेटको रुपमा आउट भए । उनी एकदिवसियमा अर्धसतक प्रहार गर्ने तेस्रा खेलाडि बने ।

यस्तै अर्धसतक हान्ने दोस्रो खेलाडी बनेका कप्तान पारस खड्काले ५१ रन बनाए । उनले ३०.१ ओभरका छक्का प्रहार गर्दे अर्धसतक पुरा गरेका थिए । उनले ५५ बलमा अर्धसतक बनाएका हुन् । अर्धसतक प्रहार गरेसँग कप्तान खड्का ३०.६ ओभरमा ६९ बलमा ५१ रन बनाउँदै आउट भए । उनले ६ चौका र २ छक्का प्रहार गरेका थिए ।

स्नाटरको बलमा आउट हुन अघि नेपालका लागि सन्दीप लामिछानेले २२ बलमा ८ रन बनाए । भने ललित भण्डारी ४ रन बनाउँदै नटआउट रहे ।

यस्तै नेपालका लागि ३६.४ ओभरमा सेलरको बलमा नेपालको आरिफ शेख र ३९.१ ओभरका बसन्त रेग्मी १ रनमा आउट भएका हुन् । बसन्तलाई मीकरेमले आउट गरे । आरिफले ४६ बलमा १६ रन बनाएर क्याच आउट भए ।

यसअघि रोहित कुमार पौडेल ६ रन र मध्यक्रमका ब्याटस्म्यान दिपेन्द्र सिंह ऐरीलाई १९ (१७) रनमा रिप्पोनले आउट गरे । १९.५ ओभरमा रिप्पोनको बलमा पौडेल दिपेन्द्र १५.५ ओभरमा आउट भए ।आज अन्तराष्ट्रिय क्रिकेटमा डेब्यु गर्दे रोहित विश्वकै कान्छो चौथो खेलाडी समेत बने ।  

यस्तै ओपरनर ज्ञानेन्द्र मल्ल र तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका अनिल शाह एकै ओभरका आउट भएका थिए । ज्ञानेन्द्र १३ (२४) रनमा ७.२ ओभरका र शाह ४(३) अन्तिम बलमा नेदरल्याण्डका क्लासेनले आउट गरेका थिए ।

१३ ओभरको पहिलो बलमा ओपनिङ ब्याटसम्यान सुवास खकुरेल पनि आउट भएको छ । उनी १९(३३) रन बनाउँदै आउट भए । उनी पनि क्लासेनकै बलमा आउट भए । नेदरल्याण्डका लागि क्लासेनले तीन विकेट लिए ।

यो पनि पढ्नुहोस् 
दोस्रो अन्तराष्ट्रिय एकदिवसिय क्रिकेट : ब्याटिङ गर्दै नेपाल, यी तीन खेलाडीले गरे डेब्यु
दिपेन्द्रसिंह ऐरी आउट
१५ ओभरमा नेपालको ५२ रन, तीन खेलाडी आउट
नेपालको आठौं विकेट गयो
नेपालले नेदरल्याण्डविरुद्ध २०० रन कटायो

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७