यसरी बन्यो आइफोन निर्माता एप्पल ट्रिलियन डलरको विश्वको पहिलो कम्पनी


१८ श्रावण २०७५, शुक्रबार
apple compeny

काठमाडाैं, १८ साउन  (एजेन्सी) । बिहिबार एप्पल विश्व इतिहासकै पहिलो एक ट्रिलियन डलरको सार्वजनिक कम्पनी भएको छ । बुधबारबाट एप्पलको शेयरमा भएको बढोत्तरीले उसले यो ऐतिहासिक मूल्याङ्कन हासिल गरेको हो ।

बुधबार एप्पलको बलियो वित्तिय परिणाम सार्बजनिक भएपछि उसको शेयर मुल्य २०७।०५ अमेरिकी डलर पुगेको थियो ।

एप्पल सन् १९७६ मा परसनल कम्प्युटर विक्री गर्ने उदेश्यले दिवगंत स्टीभ जब्सको नेतृत्वमा खोलिएको थियो । कम्पनी स्थापनाको मात्र ४२ वर्षमा हाल यो १ ट्रिलियन डलरको कम्पनी भएको छ ।

शेयर बजार मुल्यको आधारमा यदी एप्पल देश हुन्थ्यो भने १७ औं ठूलो अर्थतन्त्र हुन्थ्यो ।

हुनत सन् २००७ मा शेयर जारी गरेपछि चिनियाँ उर्जा कम्पनी पेट्रोचाइनालाई पनि ट्रिलियन डलर कम्पनी उल्लेख गरिएको थियो । तर २५ कम्पनी मात्र पब्लिक टेडिङ्गको लागि सार्बजनिक गरिएकोले उक्त दाबीलाई त्यति विश्वसनीय मानिन्न ।

यो हप्ता भएको एप्पलको शेयर मुल्य वृद्धीमा यसको पछिल्लो त्रैमासिक वित्तिय परिणामले सहयोग गरेको थियो ।
कम्पनीले पछिल्लो तीन महिनामा हालसम्मकै उच्च बिक्रीबाट ५३.३ अर्ब अमेरिकी डलर भित्रायो । यसमा ११.५ अर्ब अमेरिकी डलर मुनाफा थियो । यो खबरको प्रभावले ९३५ अर्ब अमेरिकी डलर रहेको कम्पनीको शेयर बढेर १ ट्रिलियन भयो ।

“बृद्धी विश्वभरीनै बलियो रह्यो,” एप्पलका वित्तिय प्रमुख लुका मेस्ट्रीले भने ।

कम्पनीसँग हाल विशाल २८५ अर्ब डलर नगद मौजाद रहेको छ । सन् २०१७ मा उसको कुल मुनाफा मात्रै ४८.५ अर्ब डलर रह्यो ।

झण्डै टाँट पल्टिएका अवस्थाबाट विश्वको ठूलो कम्पनीसम्म

सन् १९७६ मा स्टीभ वोज्नीक र रोनाल्ड वायीनसगँ मिलेर स्टीभ जब्सले एप्पलको स्थापना गरेका थिए । तर सन् १९८५ मा तत्कालिन चिफ एक्जेक्युटिभ जोन स्कुलीसँग विवाद भएपछि उनी कम्पनीबाट राजीनामा दिएर निक्लिएका थिए ।

सन् १९९७ मा एप्पलले स्टीभको कम्प्युटर कम्पनी नेक्स्टलाई किने पछि स्टीभ पुनः एप्पल फर्किएका थिए । त्यो समय एप्पल झण्डै टाट पल्टिने अवस्थामा पुगिसकेको थियो ।
एप्पलमा फर्किएपछि स्टीभ जब्सले यसलाई कमजोर स्थितिबाट उठाए । उनले शुरुबाटै कयैन नयाँ खाले प्रविधिहरुमा लगानी गरे । यही लगानीको परिणाम स्वरुप एप्पलले सन् २००१ मा आईपड र सन् २००७ मा आईफोन बजारमा ल्यायो ।

आईफोनले प्रविधिको सिमाना विस्तार गर्ने काम मात्र गरेन कि यो साँस्कृतिक कोसेढुङ्गा साबित भयो ।

सार्बजनिक भए यता १८ संस्करणमा आइसकेको यो फोन १।२ अर्बभन्दा बढी बिक्री भइसकेको छ । आईफोनले एप्पलको २२९ अर्बको बार्षिक बिक्रीको ६०५ हिस्सा ओगट्छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७