मधेसी एक नभएसम्म गैरमधेशीले फाइदा लिइरहन्छ : यादव


२० कार्तिक २०७४, सोमबार
Upendra Yadav

काठमाडौं: सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेसी अधिकारका लागि मधेसी गठबन्धनलाई प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनमा विजयी गराउनुपर्ने बताएका छन् ।

Upendra Yadav
राजविराजमा सोमबार कार्यकर्तासँगको भेटका क्रममा उनले संविधान निर्माणदेखि अहिलेसम्म मधेसी जनतामाथि भएको भेदभावको विरोध गर्दा मधेसी जनता शहीद हुनुपरेको बताउँदै मधेसी एकता नभएसम्म गैरमधेशीले फाइदा लिइरहने बताएका हुन् ।
दुई नं प्रदेशमा मधेसी गठबनधन सरकार बनाउनका लागि मधेसीलाई मत दिन उनले आग्रह गरेका छन् । आगामी मङ्सिर २१ गते हुने प्रतिनिधिसभा सदस्यका लागि नेता यादवले सप्तरी क्षेत्र नं २ बाट उम्मेदवारी दिएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७