राजीनामा दिन्न, पेसी मै तोक्छुः जोशी


१९ श्रावण २०७५, शनिबार
Deepak Raj jhosi
दीपकराज जाेशी ।

काठमाडौं, १९ साउन । संसदीय सुनुवाइ समितिले इतिहासमै पहिलोपटक प्रधानन्यायाधीशका लागि प्रस्तावित व्यक्तिलाई अस्वीकृत गरेको छ । 

संसदीय सुनुवाइको दुईतिहाइबाट अस्वीकृत भएपछि दीपकराज जोशीले कामु प्रधानन्यायाधीशकै हैसियतमा काम गर्ने बताएका छन् । आजको नयाँ पत्रिकामा समाचार छापिएको छ ।

प्रधानन्यायाधीशमा अस्वीकृत भइसक्नुभयो अब के गर्नुहुन्छ भन्ने प्रश्नमा उनले संक्षिप्त प्रतिक्रिया दिँदै भने, ‘अस्वीकृत भएर के भो र रु न्यायालयमै बसेर काम गर्छु । कामु प्रधानन्यायाधीश मै हुँ, मैले पेसी नतोके कसले तोक्छ रु संविधानको व्यवस्थाअनुसार पनि वरिष्ठ न्यायाधीशले नै पेसी तोक्छ ।’

प्रधानन्यायाधीशमा संसदीय सुनुवाइ समितिबाट अस्वीकृत भए पनि न्यायाधीशका रूपमा कार्यरत रहने वा राजीनामा दिने विषयमा उनले बोल्न चाहेनन् । ‘यो विषयमा अहिले बोल्दिनँ,’ उनले भने ।


संसदीय सुनुवाइ समितिले अस्वीकृत गरे पनि अर्को व्यवस्था नभएसम्म जोशी नै कानुनतः कामु प्रधानन्यायाधीश रहनेछन् । उनले नै सर्वोच्चका दैनिक पेसी तोक्नेछन् । सार्वजनिक सरोकारको विषयका रूपमा संसदीय सुनुवाइ समितिविरुद्ध पनि सर्वोच्चमा मुद्दा पर्न सक्छ । यस्तो वेला जोशी हाबी हुन सक्छन् । त्यस्तै, सरकारका कामकारबाहीबारे पर्ने मुद्दामा पनि कामु प्रधानन्यायाधीशका हैसियतमा जोशीले प्रभाव पार्न सक्छन् । जसले न्यायपालिकाको संसद् र सरकारसँग द्वन्द्व बढ्न सक्छ ।

जोशीले राजीनामा दिने सत्तापक्षको विश्वास
संसदीय सुनुवाइबाट अस्वीकृत भएपछि नयाँ प्रधानन्यायाधीश चयनका लागि जोशीले राजीनामा दिएर मार्गप्रशस्त गर्ने विश्वास सत्तारुढ दलहरूको छ । नेकपा संसदीय दलका प्रमुख सचेतक देव गुरुङले जोशीले राजीनामा नदिए पनि संवैधानिक परिषद्ले अर्को नाम सिफारिस गर्ने बताए ।

‘उहाँले सहज ढंगले मार्गप्रशस्तका लागि राजीनामा गर्नुहुन्छ भन्ने हाम्रो आशा र विश्वास छ, तर कामु प्रधानन्यायाधीश वा न्यायाधीशका हैसियतमा काम गर्ने उहाँको व्यक्तिगत कुरा हो । तर, सुनुवाइ समितिको निर्णयपछि संवैधानिक परिषद्लाई अर्को प्रधानन्यायाधीश सिफारिस गर्ने बाटो खुलेको छ,’ गुरुङले भने ।

अदालतले वाग्लेसँगै पक्राउ परेका कला निर्देशक महेन्द्र बोगटीलाई ३ लाख र कला सहयोगी सुदीप घिसिङलाई १० लाख रुपैयाँ धरौटीमा छाडेको छ ।

प्रहरी परिसर काठमाडौंले उनीहरुविरुद्ध नक्कली नोट छापेको अभियोगमा २ करोड ६३ लाख बिगो कायम गर्दै खोटा चलन मुद्दा दायर गरेको थियो । 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७