प्याराडाइज पेपर्स : बेलायती महारानीमाथि पनि लाग्यो कर छलीको आरोप


२० कार्तिक २०७४, सोमबार
Queen Elizabeth

काठमाडौ (एजेन्सी) : बेलायती महारानी एलिजावेथ तथा संसारका ख्याती प्राप्त नेताहरूले कर छल्नका लागि गोप्य रूपमा लगानी गरेको दस्तावेज सार्वजनिक भएको छ । ‘प्याराडाइज पेपर्स’ नाम दिइएको उक्त दस्ताबेजमा १ करोड ३४ लाख विवरणहरु लीक भएको हो । उक्त तथ्यको खुलासा संसारका करिब १ सय भन्दा बढी अन्तराष्ट्रिय समाचार संस्थाहरुगरेका हुन् ।

Queen Elizabeth
महारानी एलिजावेथले करिब १ करोड ३० लाख अमेरिकी डलर बराबरको निजी लगानी बाह्य क्षेत्रमा गरेको र उक्त लगानीमा कर छली भएको खुलासा भएको छ । उक्त पैसालाई बर्मुडाको एउटा कोषमा लगानी गरेको बताइएको छ । यसबाट महारानीले ५० करोड पाउन्ड बराबरको सम्पत्ती व्यवस्थापन गरेको उल्लेख गरिएको छ ।
उनले ब्राइट हाउस नामक एक निजी कम्पनीमा लगानी गरेको समेत दस्वावेजमा सार्वजनिक भएको छ । ज’न कप्पनी माथी कम आय भएका उपभोक्तालाई शोषण गरेको आरोप लागेको छ ।
महारानीसहित बेलायतका एलिजावेथ लगायत कन्जरभेटिभ पार्टीका अन्य नेताहरू माथि पनि उक्त आरोप लागेको छ ।
यस्तै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विश्वासपात्र तथा वाणिज्य मन्त्रीको लगानी रहेको एउटा कम्पनीले अमेरिकी प्रतिबन्ध खेपिरहेको रुसको एउटा फर्मसँग कारोबार गरिरहेको पाइएको छ । बिबिसीका अनुसार उनले एक सिपिङ कम्पनीमा लगानी गरेका छन जसले रुसी ऊर्जा कम्पनीलाई तेल र ग्यास आपूर्ति गरेर वर्षकै दसौं लाख डलर कमाउँछ । उक्त सिपिङ कम्पनीमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका ज्वाईं तथा अन्य दुई जना व्यक्ति सेयरधनी छन् । यसले डोनाल्ड ट्रम्प र रुसी सम्बन्धलाई लिएर प्रश्न उठेको छ ।
यस्तै क्यानडेली प्रधानमन्त्री जस्टिन ट्राड्यूका एक प्रमुख सहयोगीको नाम पनि कर छलीमा मुछिएको छ । उनको विदेशी लगानीबाट क्यानडालाई दसौं लाख डलर नोक्सान भएको खुलेको छ । क्यानडाका प्रधानमन्त्रीले यस्तो लगानी निरुत्साहित गर्ने बताउँदै आएका छन् ।

नाइकी, एपल, उबर र फेसबुक जस्ता कम्पनीहरुले ‘ट्याक्स हेभन’ भनिने करमुक्त क्षेत्रहरुको प्रयोग गरेर आफ्नो कर दायित्व सकेसम्म कम तुल्याउने गर्छन् ।

प्याराडाइज पेपर्स के हो ?
बेलायतको संचारमाध्यम बिबिसी प्यानोराले एक सयवटा संचारमाध्यमसँग मिलेरआइतबार सार्वजनिक गरेको गोप्य दस्तावेज  ‘प्याराडाइज पेपर्स’को नाम दिइएको छ । ती दस्तावेजहरुले ५० देशका १ सय २० भन्दा बढी राजनीतिज्ञ कुनै न कुनै रुपमा यस्ता गतिविधिमा संलग्न भएको देखाएको छ ।
बीबीसी, खोज पत्रकारहरुको अन्तर्रा्ष्ट्रिय संस्था ‘इन्टरन्याशनल कन्सोर्टियम अफ इन्भेस्टिगेटिभ जर्ना्लिज्म’ र जर्मन पत्रिका ‘जुडोएच साइटुङले’ उक्त दस्तावेजहरु प्राप्त गरेका थिए । आइतबारको खुलासा झण्डै एक सयवटा सञ्चार समूहहरुले गरिरहेको खोज पत्रकारिताको एउटा अंशमात्रै हो ।

यसमा राजनेताहरु, बहुराष्ट्यि कम्पनीहरु, सेलिब्रेटी र उच्च पदस्थ व्यक्तिहरुले ट्स्ट, फउण्डेशन, कागजी कम्पनीका माध्यमबाट कर अधिकारीहरुसँग आफ्नो यस्तो करतुत कसरी लुकाइरहेका छन् र कसरी उनीहरु आफ्ना ती कामहरुलाई निरन्तरता दिइरहेका छन् भन्ने कुरामा आधारित भएर दस्ताबेजहरुमाथि अनुसन्धान भइरहेको छ ।

अमेरिका क्यानडा लगायतका नेताहरुले कर छलेको विषय सार्वजनिक भएको हो । यो दस्तावेज करको दायित्वबाट जोगिन स्थापना गरिएको एउटा अग्रणी ‘अफसोर’ कम्पनीसँग सम्बन्धित छन् ।

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७