राष्ट्रिय करातेको छनोट तयारी पूरा, कात्तिक २२ देखि २४ सम्म हुने


२० कार्तिक २०७४, सोमबार
karate secotion

 

काठमाडौं: राखेप च्याम्पियनसिपअन्तर्गत हुने ५० औं राष्ट्रिय कराते प्रतियोगिताको तयारी पूरा भएको छ । बुधबारदेखि सुरु हुने प्रतियोगिताको तयारी पूरा भएको सोमबार आयोजित पत्रकार सम्मेलनमा आयोजक नेपाल कराते महासंघले जनाएको छ ।karate secotion

प्राविधिक कारणले प्रतियोगिता निर्धारित समय भन्दा एकदिन अघिनै गर्न लागिएको सागका स्वर्ण विजेता एवं प्रतियोगिता संयोजक दीपक श्रेष्ठले जानकारी दिए । पहिले प्रतियोगिता कात्तिक २३ देखि २५ गतेसम्म हुने भनिएको थियो । त्यसको साटो प्रतियोगिता कात्तिक २२ मा सुरु भइ २४ गते सम्पन्न हुनेछ ।

प्रतियोगितामा विभिन्न २१ स्पर्धामा प्रतिस्पर्धा हुने कराते महासंघका अध्यक्ष दावा गुरुङले बताए । पुरुषमा ८ र महिलामा ७ तौलसमूहमा भिडन्त हुनेछ ।पुरुष÷महिलाको एकल र टिम काता तथा टिम फाइटमा पनि खेल हुनेछ । पाँच विकास क्षेत्र, त्रिभूवन आर्मी क्लब, नेपाल प्रहरी क्लब र नेपाल एपीएफ क्लबबाट बढीमा १ सय ८४ खेलाडीको सहभागिता रहने बताइएको छ ।प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने २३ खेलाडीलाई राष्ट्रिय टोलीमा समावेश गरिने छ । प्रतियोगिताका खेलहरु त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा हुनेछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७