यी बानीले मृगौला फेल हुन्छ


२० कार्तिक २०७४, सोमबार
kitni मृगौला

उच्च रुपमा मिर्गौलामा समस्या लिएर अस्पताल धाउने बिरामीको संख्या बढेको छ । मिर्गौला हाम्रो शरीरको महत्वपूर्ण अंग हो, जसले शरीरमा रहेका विशाक्त पदार्थ छानेर पिसाबको रूपमा बाहिर निकाल्न मद्दत गर्छ । हाम्रो मिर्गौला शरीरको बीचभाग कम्मरको नजिकै हुन्छ । यो अंग एक मुठीबराबरको हुन्छ । हाम्रो शरीरमा दुईवटा मिर्गौला हुन्छन् ।

kitni मृगौला

कुनै एउटा मिर्गौलामा समस्या देखियो भने शरीरमा विभिन्न समस्या देखिन थाल्छ । खराब जीवनशैली र कहिलेकाहीँ औषधिका कारण पनि मिर्गौलामा समस्या देखिने गरेको छ । स्वास्थ्यप्रति गरिने हेलचेक्रयाइँका कारण मिर्गौलाका बिरामी बढिरहेको चिकित्सकहरू बताउँछन् ।

लक्षण
पिसाबको मात्रा बढ्ने र एकदम कम हुने हुन्छ ।
पिसाबको रङ बदलिँदै जान्छ । पिसाबको रङ गाढा हुन्छ ।
पटक–पटक पिसाब आउनु अथवा पिसाबको मात्रा बढ्दै जानु ।
रातिको समयमा पटक–पटक पिसाब आउनु मिर्गौला अस्वस्थ हुनुको सबैभन्दा प्रधान लक्षण हो ।
पिसाब गर्दा दुख्नु । पिसाब गर्दा निकै असहज अनुभव हुन्छ भने जान्नुहोस् मूत्रमार्गमा केही संक्रमण भइरहेको छ ।
पिसाब गर्दा मूत्रमार्गमा जलन महसुस हुन्छ ।
पिसाब गर्दा कहिलेकाहीँ रगत देखिन सक्छ । जब पिसाबमा रगत देखिन्छ, एक मिनेट सोच्नुहोस्, मेरो लागि तुरुन्त चिकित्सकको आवश्यकता परेको छ । किनकि, मिर्गौला खराब हुनुको निश्चित संकेत यो पनि हुन सक्छ ।
निकै थकान अनुभव हुनु । कमजोर अनुभव गर्नु ।
मिर्गौलाका बिरामीको मस्तिष्कमा अक्सिजनको कमी हुन सक्छ । जसका कारण बिरामीमा चिडचिडापन अथवा एकाग्रतामा कमी आउन सक्छ ।
मिर्गौलाको बिरामीमा एनिमिआको रोग पनि देखिन सक्छ । जसले गर्दा गर्मी समयमा पनि चिसो अनुभव हुन्छ ।
मिर्गौलाका बिरामीको मस्तिष्कमा अक्सिजनको कमी हुन सक्छ । जसका कारण बिरामीमा चिडचिडापन अथवा एकाग्रतामा कमी आउन सक्छ ।

कारण
खानामा धेरै नुन खाने बानी छ भने कम गर्नुस् । खानामा धेरै नुन खाँदा मिर्गौला खराब गराउँछ ।
अन्य नुनिलो खानेकुरा पनि सकेसम्म ठिक्क मात्रामा खान जरुरी छ । कारण, नुनले ब्लडप्रेसर बढाउँछ । यसको असर मिर्गौलामा पर्छ ।
हामी विभिन्न कारण पिसाब रोक्छौँ । कहिले बाध्यताले, कहिले हेलचेक्र्याइँले । तर, यसो गर्नु मिर्गौलाका लागि खराब हुन्छ । रोकिएको पिसाब भरिएर मिर्गौलासम्म पुग्छ । पिसाबमा हुने ब्याक्टेरियाले मिर्गौलालाई असर गर्छ ।
धूम्रपान र सुर्तीसेवन, गुट्खा, पानपरागलगायत खाने बानीले पनि मिर्गौला बिगार्ने सम्भावना हुन्छ । सकेसम्म चाँडै धूम्रपान तथा कुलतबाट टाढा बसौँ ।
आफूलाई आवश्यक निद्रा पूरा नगर्ने मानिसमा उच्च रक्तचापको समस्या देखिन्छ । यति मात्रै होइन, निद्रा पूरा नहुँदा मुटुमा समस्या देखिन्छ । रक्तचाप र मुटुसम्बन्धी विभिन्न समस्याले मिर्गौलामा असर पुर्‍याउन सक्छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७