डब्लुकेआई अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिपमा नेपाललाई ६ स्वर्ण


२० कार्तिक २०७४, सोमबार
11

काठमाडौं: श्रीलंकाको कोलम्बो भएको पन्ध्रौं डब्लुकेआई अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिपमा नेपालले ६ स्वर्ण, ४ रजत र १ कांस्य गरी ११ पदक जितेको छ ।पुरुषको ४० केजीमा विवेक कुँवरले स्वर्ण र एकल कातामा रजत, पुरुषको ४५ केजीमा सुरेन्द्र तामाङले स्वर्ण, महिलाको ४५ केजीमा वर्षा बुढा मगरले स्वर्ण र एकल कातामा कांस्य, महिलाको ४० केजीमा विनिता चपाईंले स्वर्ण, पुरुषको ७५ केजीमा विकास राजवाहकले स्वर्ण तथा पुरुषको ६७ केजीमा नवीन महर्जनले स्वर्ण जितेकाे हाे ।

11
प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गरेका निरज महर्जनका अनुसार पुरुष ८४ केजीमाथि ध्रुव थापा र ५० केजीमा अनिश लामिछाने रजत जिते । नेपालले पुरुष टिम कातामा पनि रजत जित्यो ।प्रतियोगितामा नेपालसहित श्रीलंका, भारत र न्युजिल्यान्ड गरी ४ राष्ट्रका खेलाडीले विभिन्न स्पर्धामा प्रतिस्पर्धा गरेको टिम प्रशिक्षक मोहन महर्जनले जनाएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७