अस्वीकृत जोशी भोलिदेखि बिदामा बस्ने

ओमप्रकाश मिश्र पेश तोक्ने


१९ श्रावण २०७५, शनिबार
Deepak Raj jhosi
दीपकराज जाेशी ।
काठमाडौं, १९ साउन । संसदीय सुनुवाइ समितिले प्रधानन्यायाधीशमा अस्वीकृत गरेको कामु प्रधानन्यायाधीश दीपकराज जोशी भोलिदेखि बिदामा बस्ने भएका छन् । जोशी बिदामा बसेपछि वरिष्ठतमको आधारमा न्यायाधीश ओमप्रकाश मिश्रले सर्वोच्चका पेशी तोक्नेछन् । जोशी भोलिबाट बिदामा बस्न लागेको सर्वोच्च अदालतका सञ्चारविज्ञ किशोर पौडेलले जानकारी दिए । जोशीले राष्ट्रपति विद्या भण्डारीलाई बिदाबारे जानकारी गराउने तयारी गरेका छन् ।
Deepak Raj jhosi
दीपकराज जाेशी ।
संसदीय सुनुवाइ समितिले इतिहासमै शुक्रबार पहिलोपटक प्रधानन्यायाधीशका लागि प्रस्तावित व्यक्तिलाई अस्वीकृत गरेको हो । संवैधानिक परिषद्ले डेढ महिनाअघि जोशीलाई प्रधानन्यायाधीशमा सिफारिस गरेको थियो । जोशीका शैक्षिक प्रमाणपत्रहरू शंकाको घेरामा रहेको, जन्ममिति फरक–फरक पाइएको, सार्वजनिक आचरण र विगतका कामकारवाहीको आलोचना भएको भन्दै समितिको शुक्रबारको बैठकले जोशीलाई प्रधानन्यायाधीशमा स्वीकार नगर्ने निर्णय गरेको हो । संसदीय समितिले न्यायलयको उच्चतम तहमा जिम्मेवारी दिनका लागि योग्य ठहर नगरेपछि न्यायाधीशकै रुपमा कार्यसम्पनमा फर्कने वा नर्फने बारेमा व्यापक चासो हुदै आएको छ । न्यायपरिषद्ले संवैधानिक परिषद्मा रोलक्रमअनुसार सर्वोच्च अदालतका तीन न्यायाधीशको नाम पठाएको थियो । जसमा जोशी, ओमप्रकाश मिश्र र चोलेन्द्र शमशेर जबराको नाम थियो । जोशी नजाने भएपछि वरिष्ठतम्का आधारमा मिश्रले पेशी तोक्नेछ । न्यायाधीश मिश्रको कार्यकाल आउने २०७५ पुस १६ गतेसम्म छ । त्यसपछि उनले उमेरहदका कारण अवकाश पाउने छन् । सर्वोच्च अदालतको न्यायाधीशले ६५ वर्ष उमेर पुगेपछि अवकाश पाउने व्यवस्था छ । न्यायाधीश राणाको कार्यकाल भने २०७९ साल मंसिर २८ गतेसम्म छ । जोशीले राजीनामा भने नदिने बताएका छन् । तर, जोशीले राजीनामा दिनु बुद्धिमानी हुने पूर्वप्रधानन्यायाधीशहरूको सुझाव दिएका छन् । जोशीले नैतिक रुपमा राजीनामा राम्रो हुने पूर्वप्रधानन्यायाधीश अनुपराज शर्माको भनाई छ । उनले सञ्चार माध्यमलाई भनेका छन्, ‘उहाँलाई प्रधानन्यायाधीशमा संसद्ले अनुमोदन नगरेकाले कामु प्रधानन्यायाधीशका हैसियतले समेत अब पेसी तोक्न नैतिक र कानुनी संकट छ यस्तोमा उहाँले राजीनामा दिनु नै उचित हुन्छ, नत्र संसद्ले महाअभियोग लगाउने ठाउँ रहन्छ ।’ अर्का पूर्वप्रधानन्यायाधीश रामप्रसाद श्रेष्ठ जोशीले राजीनमा बुद्धिमानी हुने बताउँछन् । उनले भने, “प्रधानन्यायाधीशका लागि अस्वीकृत भएको अवस्थामा जोशीजीलाई कामु भएर काम गरिरहन नैतिकताले दिँदैन । त्यसैले उहाँले राजीनामा दिनु बुद्धिमानी हुन्छ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७