एमाले बाराले दुई बागी उम्मेदवारलाई कारबाही गर्‍यो


२० कार्तिक २०७४, सोमबार

कलैया : नेकपा (एमाले) बाराले बाम गठबन्धनको आधिकारिक उम्मेदवारका विरुद्धमा स्वतन्त्र बागी बिद्रोही दुई उम्मेदवारलाई कारबाही गरेको छ । Logo of CPN UML

एमाले बाराका कार्यालय सचिव विक्रम ठाकुरले सोमबार एक विज्ञप्ति गर्दै प्रतिनिधिसभा र प्रदेससभा निर्वाचनमा वामगठबन्धनका आधिकारिक उम्मेदवारका विरुद्धमा उम्मेदवारी दिने पार्टीका दुई जनालाई पार्टीको जिम्मेवारीका साथै सङ्गठित सदस्य समेत नरहने गरी कारबाही गरेको जनाएको छ ।

‘पार्टी विधानको धारा ४९ (क) को ८ बमोजिम निजले सम्हाली आएका सम्पूर्ण जिम्मेवारी बाट बर्खास्त गर्नुका साथै पार्टी सदस्यता समेत नरहने गरी निष्कासन गरिएको छ’ ठाकुरले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

बारा जिल्ला क्षेत्र नं. ४ बाट प्रतिनिधीसभा सदस्यका लागि स्वतन्त्र उम्मेदवारी दिने पार्टीका सङ्गठित सदस्य मोजाहिर अंसारी र बारा– ४ को ‘क’ बाट प्रदेससभाका लागि स्वतन्त्र उम्मेदवारी दिएका एमाले बारा जिल्ला सल्लाहकार सदस्य भरत बहादुर घलेलाई कारबाही गरेको हो ।

पार्टीका कार्यकर्ताहरूलाई अंसारी र घलेको भ्रममा नपरी वामगठबन्धनका आधिकारिक उम्मेदवारलाई विजयी गराउने अभियानमा जुटन एमाले बाराले अनुरोध गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७