मधेसवादी गठबन्धनलाई जिताउने अभियानमा जुटन ठाकुरको आहवान


२० कार्तिक २०७४, सोमबार

काठमाडौँ : राष्ट्रिय जनता पार्टी नेपाल अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरले संविधान संशोधन गर्दै सबैको हक अधिकारको रक्षा गर्नका लागि प्रतिनिधिसभा र प्रदेससभा निर्वाचनमा मधेसवादी गठबन्धनका उम्मेदवारलाई विजयी गराउन आहवान गरेका छन् ।

Mahanta Thakur

महोत्तरीको क्षेत्र नम्बर ३ वटा प्रतिनिधिसभाका लागी उम्मेदवारी समेत दिएका संयोजक ठाकुरले जलेश्वरमा आयोजित कार्यकक्रमलाई सम्बोधन गर्दै मधेसवादी गठबन्धनका उम्मेदवारलाई जिताउँने अभियानमा जुटन आहवान गरेका हुन् ।

सङ्घीयता र स्वायतताको महसुस हुने गरी तराई मधेसका जनतालाई मधेस सरकार बनाउनु पर्ने बताउँदै उनले मधेसको विकासका लागि मधेसवादी गठबन्धन आवश्यक रहेको बताए ।

पैतृक गाउँको मोहले आफू महोतरी ३ बाट उम्मेदवारी दिएको बताउँदै ठाकुरले मधेस आन्दोलनको क्रममा प्रहरी हबलदार थमन विक हत्याको आरोपमा पक्राउ परेका सञ्जय साह र प्रदिप माफीलाई जलेश्वर कारागारमा गएर संयोजक ठाकुरले भेट गरी चुनाव सम्पन्न भए लगतै यो मुद्दामा कुरा गर्ने आश्वासन दिएका छन् ।

चुनावी अभियानका क्रममा ठाकुरले जलेश्वर पुगेर जलेश्वरनाथ महादेव मन्दिर, मटिहानी स्थित लक्ष्मीनारायण मन्दिर र आफ्नो पैतृक गाउँ एकरहिमा आफ्नो कुलदेवतालाई पुजापाठ गरेका छन् । चुनावी प्रचार प्रसारमा जुटेका उनी मतदातासंग मत माग्दै हिडिरहेका छन् । गाउँ गाउँमा चुनावी सभा, घरदैलो, भेलामा ठाकुर अहिले व्यस्त रहेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७