यी हुन् पार्टी परिवर्तन गर्दे उम्मेदवार बन्ने चर्चित दल-बदल नेता


२१ कार्तिक २०७४, मंगलवार
Bijay Kumar Gachhada ramchandra jha urmila aryal and abhishek pratap saha

काठमाडौँ  : हरेक निर्वाचनमा उम्मेदवार बन्नै पर्ने लोभका कारण राजनीतिक दल परिवर्तन गर्नमा केही शीर्ष नेता नै अगाडी रहेका छन् । राष्ट्रिय राजनीतिमा चर्चामा रहने केही शीर्ष नेताहरूले हरेक निर्वाचन पिच्छे राजनीतिक दल परिवर्तन गर्दै उम्मेदवार बन्दै आइरहेका छन् । Bijay Kumar Gachhada ramchandra jha urmila aryal and abhishek pratap saha
जनताको मतको कदर नगरी आफू आबद्ध पार्टीको मुद्दा समेत बिर्सेर उनीहरू अवसरको प्राप्तिका लागि राजनीतिक दल परिवर्तन गर्दै उम्मेदवार बन्दैछन् । आफ्नो बोली फेर्दै जनताका बिच पुगेर उनीहरू झुठा कुरा गर्नमा पछि हटदैनन् ।

आफूले उठाउँदै आएको मुद्दा एकातिर छोडेर जसरी पनि उम्मेदवार बन्ने र निर्वाचन जित्ने लोभका कारण सर्वसधारण मतदाता पनि यिनीहरुबाट आतिएका छन् । संविधानसभाको पहिलो, दोस्रो र अहिले हुन गइरहेको प्रतिनिधिसभा निर्वाचनमा राष्ट्रिय राजनीतिमा प्रभाव पार्ने केही नेता दलबदल गर्दै उम्मेदवार हुनेमा अगाडी रहेको देखिन्छ ।

दल बदल्ने र उम्मेदवार बन्नेमा सबैभन्दा अगाडी छन् बिजयकुमार गच्छदार । काँग्रेसबाट राजनीतिक आरम्भ गरेका गच्छदार अहिलेको निर्वाचनमा काँग्रेसबाट भिडदैछन् । सुनसरी-३ बाट उम्मेदवारी दिएका उनी नेपाल लोकतान्त्रिक फोरमका अध्यक्ष थिए । निर्वाचनको केही समय अघि मात्रै उनी फोरमलाई काँग्रेसमा बिलय गराएका हुन् ।

सदाबहार चुनाव लडने, मन्त्री हुने नेताको रूपमा चिनिने गच्छदार काँग्रेसबाट ०४८, ०५१ र ०५६ गरी तीनै पटक सुनसरी–३ बाट सांसद चुनिएका थिए । २०६४ को पहिलो संविधानसभा निर्वाचनमा सुनसरी–३ र मोरङ–७ बाट निर्वाचन जितेका उनी मोरङ–७ मा काँग्रेसका शेखर कोइरालालाई हराएका थिए ।

त्यस बेला उनी मधेसी जनअधिकार फोरममा थिए । २०७० को दोस्रो संविधानसभा निर्वाचनमा फोरम लोकतान्त्रिकबाट उठेका उनले सुनसरी–३ बाट चुनाव जिते हुन् । तर, मोरङ–७ मा उनलाई काँग्रेसका शेखर कोइरालाले नै पराजित गरेका थिए ।

अहिले १० वर्षपछि पुनः काँग्रेसमा फर्किएका गच्छदार सुनसरी–३ बाट उम्मेदवार बनेका छन् । काँग्रेस परित्याग गर्दै फोरममा प्रवेश गर्ने र फोरम परित्याग गर्दै आफै दल खोलेर त्यसको अध्यक्ष बनेका गच्छदार आफ्नो दलसहित काँग्रेसमा प्रवेश गर्दै गर्दा राष्ट्रिय राजनीति नै तरंगित बनेको थियो ।
गच्छदारको चर्चा गर्दै गर्दा राजनीतिक दल परिवर्तनमा छुटाउँनै नहुने एक राजनीतिज्ञ हुन रामेश्वर राय यादव । पहिलो र दोस्रो संविधानसभा निर्वाचनमा सर्लाही–३ बाट निर्वाचनमा होमिएका यादव राजनीतिक दल परिवर्तन गर्नेमा प्रमुख नेता मानिन्छ । फोरम नेपाल हुँदै फोरम लोकतान्त्रि भएका यादव अहिले माओवादीमा आबद्ध छन् । अहिले माओवादीबाट सर्लाही–३ मा उम्मेदवार बनेका उनी फोरम फुटाउँने योजनाकार मध्येका शीर्ष नेताको रूपमा चिनिन्छन् ।

कपिलवस्तुका अभिषेक प्रताप शाह पनि चर्चित नेता हुन् । राजनीतिक पृष्भुमि काँग्रेस भएका शाह मधेस आन्दोलनसंगै काँग्रेस परित्याग गर्दै फोरम नेपालमा प्रवेश गरेका थिए । फोरम नेपालको तर्फबाट पहिलो र दोस्रो संविधानसभा निर्वाचनमा कपिलबस्तु–३ बाट निर्वाचन जितेका उनी अहिले पुन काँग्रेसमै फर्किका छन् ।

मधेस मुद्धाका विषयमा खरो उत्रिने शाह बेलाबेलामा दिने अभिव्यक्तिका कारण राष्ट्रिय राजनीतिमा चर्चामा रहने मध्येका एक हुन् । फोरम परित्याग गरी काँग्रेसमा फर्किका शाह कपिलबस्तु–३ बाट उम्मेदवार बनेका छन् ।

गच्छदार, यादव, शाहको तुल्नामा राजनीतिक दल बदल्नेमा कमजोर छैनन् अर्का चर्चित नेता जंगीलाल राय । काँग्रेसबाट तमलोपा, राजपा हुँदै पुन काँग्रेसमै फर्किएका राय दलबदलमा चर्चित छन् । पहिलो र दोस्रो संविधानसभा निर्वाचनमा तमलोपाबाट सर्लाही २ मा निर्वाचन लडेका उनी अहिले सोही क्षेत्रबाट काँग्रेसको उम्मेदवार बनेका छन् । पार्टी जन्माउँने, आफैले जन्माएको पार्टी फोर्ने र पुन पुर्खौली पार्टीमै फर्खिएका उनी दलबदल गर्दै उम्मेदवार हुने चर्चित नेता हुन् ।
दलबदल गर्दै उम्मेदवार हुनेमा अर्का चर्चित नेता शिवपुजन यादव पनि हुन् । पहिलो र दोस्रो संविधानसभा निर्वाचनमा सर्लाही–४ बाट निर्वाचन लडदै गर्दा उनी तमलोपामा थिए । अहिलेको निर्वाचन सोही क्षेत्रबाट लडदै गर्दा उनी माओवादी पार्टीमा छन् ।

मधेस मुद्धामा खरो उत्रिने राष्ट्रिय राजनीतिमा चर्चित हृदयेश त्रिपाठी अहिलेको निर्वाचनमा बामगठबन्धनबाट उम्मेदवार भएका छन् । नवलपरासी वर्दघाट सुस्ता पश्चिम १ बाट उम्मेदवार भएको त्रिपाठी राजपा त्यागेर स्वतन्त्र राजनीतिक समूह गठन गरेका छन् । स्वतन्त्र राजनीतिक समूह गठन गरेर उनी बामगठबन्धनसंग चुनावी तालमेल गरेका छन् । नवलपरासी ४ र नवलपरासी ६ बाट चुनाव लडदै गर्दा उनी क्रमशः सदभावना र तमलोपा पार्टीमा थिए ।

यस्तै रामचन्द्र झा एउटै पार्टीमा नटिक्ने नेता हुन् । पहिलो र दोस्रो संविधानसभा निर्वाचनमा धनुषा १ मा एमालेबाट निर्वाचन लडेका उनी नयाँ शक्ति पार्टीमा आबद्ध भए । एमालेको तर्फबाट पटक पटक सुविधा भोगेका उनी नयाँ शक्तिबाट केही नपाउँने देखेपछि माओवादीमा आबद्ध भए र अहिले धनुषा २ बाट उम्मेदवार भए । नयाँ शक्तिमा जानु अघि उनी माओवादीमै थिए ।

दलबदल गर्नेमा पर्साका महिला नेतृ उर्मिला अर्याल पनि पर्छिन् । एमालेबाट पटक पटक सुबिधान भोग गर्ने अर्याल अहिले माओवादीमा छिन् । पहिलो संविधानसभा निर्वाचन पर्सा ४ मा एमालेबाट उम्मेदवार बनेकी उनी दोस्रो संविधानसभा निर्वाचनमा सोही क्षेत्रबाट उनी बनिन् । अहिले पनि उनी माओवादीबाटै सोही क्षेत्रका उम्मेदवार बन्न सफल भएकी छन् ।

राष्ट्रिय राजनीतिमा चर्चित यी नेतासंगै स्थानीय स्तरमा समेत दल परिवर्तन गर्दै उम्मेदवार हुने क्रम तराई मधेस, हिमाल र पहाडमा समेत रहेको छ । निर्वाचन आएपछि जसरी पनि उम्मेदवार हुनै पर्ने लोभका कारण केही नेता दल दलबदल्दै उम्मेदवार हुने गरेका छन् ।

राजनीतिक विश्लेषक राजेश अहिराजले उद्देश्य, जनता र मुद्दा बिर्सिने नेताहरूले जसरी पनि उम्मेदवार हुनैका लागि दल बदल्ने गरेको बताउँछन् । राजनीतिक दल बदल्ने र जसरी पनि उम्मेदवार हुने नेताहरूले सिद्धान्तको नभई अवसरको राजनीतिक गर्ने उनको भनाई रहेको छ । जनताका लागी नभई अवसरका लागि राजनीतिक गर्ने दलबदल नेतालाई स्थिर राख्न कानुन बनाई लागुपर्ने सुझाव अहिराजले दिन्छन् ।

दलबदल गर्ने नेपाली राजनीतिकको क्यान्सर भएको बताउँदै अहिराजले यस्तो रोग मधेस र पहाड सबै तिर भएको बताउँछन् । जनताको मतको कदर नगर्ने दलबदलु नेताहरूले जहिले पनि अवसरको खोजीका क्रममा रहने भएकाले जनता आफै सचेत हुनुपर्ने उनी बताउँछन् ।

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७