ऐतिहासिक यात्राको थालनी गरेर फर्कियो नेपाली क्रिकेट टोली


२१ श्रावण २०७५, सोमबार
cricket nepal 2


काठमाडौं, २१ साउन । नेदरल्याण्डमा ऐतिहासिक यात्राको थालनी गरेका  टोली सोमबार बिहान स्वदेश फर्किएका छन् ।

नेपाली टोली नेदरल्यान्ड्ससँग दुई खेलको पहिलो एकदिवसीय अन्तर्रा्ष्ट्रिय क्रिकेट शृंखला खेलेर नेपाल फर्किएका हुन् ।

टोलीलाई राखेपका सदस्य सचिव केशवकुमार विष्टलगायतले त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा स्वागत गरे । नेपाली टोलीलाई स्वागत गर्न त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा क्रिकेट प्रेमी तथा शुभेच्छुकहरुको भीड लागेको थियो ।

स्वदेश फर्किएको टोलीमा क्रिकेटर सन्दिप लामिछाने भने देखिएनन् । उनी वेष्टइण्डिजमा अगस्ट ८ बाट सुरु हुन लागेको सिपिएल खेलका लागि नेदरल्याण्ड्सबाटै वेष्टइण्डिज गएका छन् ।

एकदिवसिय शृंखला नेपाल र नेदरल्यान्ड्सबीचको बराबरीमा टुंगिएको थियो । पहिलो खेलमा नेपाल ५५ रनले पराजित भएको थियो भने दोस्रो खेलमा १ रनले विजयी भएको थियो ।

नेपाल फेब्रअरीमा जिम्बावेमा भएको विश्वकप छनोटमा आठौं भएसँगै नेपाल वान–डे अन्तर्रा्ष्ट्रिय मान्यताप्राप्त राष्ट्र बनेको थियो । त्यसपछि नेपालले पहिलोपटक नेदरल्यान्ड्स वान–डे अन्तर्रा्ष्ट्रिय खेलेको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७