कामु प्रधानन्याधिश मिश्रको प्रमाणपत्र पनि ‘अर्गानिक’ नभई आयातित’


२१ श्रावण २०७५, सोमबार
omprakash bistha 1

काठमाडौं, २१ साउन । दीपकराज जोशी प्रधानन्यायाधिशका लागि अयोग्य ठहर भएपछि काम प्रधानन्यायाधिशको जिम्मेवारी पाएका वरिष्ठ न्यायाधिश ओमप्रकाश मिश्रको शैक्षिक प्रमाण–पत्र पनि सन्देहको घेरामा देखिएको छ ।

omprakash bistha 1

शैक्षिक प्रमाणपत्रलगायतका विगतका विभिन्न नजीरका कारण प्रधानन्यायाधिश बन्ने सौभाग्य नजुरेका जोशी गएसँगै काम पाएका मिश्रको शैक्षिक प्रमाणपत्र पनि ‘अर्गानिक’ नभई ‘आयातित’ देखिएको छ ।

यद्यपि जोशीको नाम संसदीय सुनुवाई समितिले अस्वीकृत गरेपछि प्रधानन्यायाधीशको पहिलो दावेदार रहेका मिश्र पनि शैक्षिक प्रमाणपत्रकै विवादमा तानिने सम्भावना रहेको स्रोतले जानकारी दिएको छ ।

मिश्रले इन्टर मिडिएट तह र हाइस्कुल परीक्षा भारतबाट उत्तीर्ण गरेका हुन् । मिश्रले हाइस्कुल परीक्षा भारतको नवतनवाँ इन्टर कालेज, नवतनवाँ (गोरखपुर) बाट १९६३ मा र इन्टर मिडिएट परीक्षा माध्यमिक शिक्षा परिषद् उत्तर प्रदेशबाट १९७१ मा उत्तीर्ण गरेको प्रमाणपत्रमा उल्लेख छ ।
मिश्रले हाई स्कुल परीक्षामा कूल पाँच सय पूर्णाङ्कमा हिन्दी बिषयमा ४९, गणितमा ३६, विज्ञानमा ४० अंक प्राप्त गरेको उनको शैक्षिक प्रमाणपत्रमा उल्लेख छ । सबै बिषय बिषयगत आधारमा कूल एक सय पूर्णाङ्कका हुन् ।

उनले हाइस्कुल परीक्षामा कूल पाँच सय अंकमध्ये दुई सय पाँच अंक प्राप्त गरेका छन् । जुन प्रतिशतको आधारमा ४१ हुन आउँछ । हाइस्कुल परीक्षाको प्रमाणपत्रमा रोलक्रम संख्या २१३ र उत्तीर्ण श्रेणी तीन रहेको छ । नेपालको सर्वोच्च न्यायालयका प्रधानन्यायाधिशहरु नै शैक्षिक योग्यताको विवादमा तानिइरहेका बेला काम प्रधानन्यायाधिश मिश्रको अबका दिन कुन रुपमा अगाडि बढ्छन् त्यो भने हेर्न बाँकी नै छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७