बेवारिसे भएको ‘नेपालको ताज महल’ले संरक्षण पाउने


२१ श्रावण २०७५, सोमबार


काठमाडौं २१ साउन । कुनै समय पश्चिम नेपालको कमाण्डर रहेका खड्ग शमशेर राणाले आफ्नी दिवंगत श्रीमती तेजकुमारीको सम्झनामा विक्रम संवत् १९५० मा रानी महल निर्माण गरेका थिए । त्यसपछि कमाण्डरको जिम्मेदारीबाट हटाइएपछि उनी पाल्पाबाटै भारत पलायन भएका थिए । त्यस यता सो महल खाली रहँदै आएको नेपालको ताज महल भनेर चिनिने रानीमहलले अब संरक्षण पाउने भएको छ ।

काली गण्डकी नदीको किनारमा रहेको नेपालको ताज महल भनेर चिनिने रानी महल मर्मत गर्ने भएको छ । पाल्पामा रहेको रानी महल बेपारिसे जस्तै रहेको एतिहासिक सम्पदाको संरक्षणको लागि पुरातत्व विभागले तानसेन नगरपालिकालाई हस्तान्तरण गरेको छ । पुराततव विभागले हस्तान्तरण गरेसँगै मर्मत र संरक्षणको जिम्मा तानसेन नगरपालिकाले पाएको हो । पुरातत्व विभागले स्थानीय सरकारलाई जिम्मा दिँदा धेरै संरक्षण पुग्ने भन्दै तानसेन नगरपालिकालाई दिइएको पुरातत्व विभागका अधिकारीहरूले बताएका छन् । वि.स २०७२ को महाभूकम्पले क्षति पु¥याएका रानी महल पुनः निमार्णमा ढिलाइ भएको छ ।

पुरातत्व विभागका अनुसार उक्त रानी महल १० वर्षका लागि मात्र नगरपालिकालाई सुम्पिना लागेको बताएको छ । पुनः निर्माण गर्दा नगरपालिकाले पहिलेकै स्वरूपमा निर्माण गर्नु पर्ने सहमति भएको पुरातत्व विभागले बताएका छन् । नगरपाकिालकाका प्रमुख अशोक शाही भन्छन्, ‘वर्षौँदेखि बेवारिस जस्तै रहेको थियो । यसको संरक्षण गर्ने जिम्मा पाएका छौँ अब स्थानीयले अपनत्व महसुस गर्ने गरी संरक्षणको काम गर्ने छौँ ।’ शाहीले संरक्षण मात्र नभै पर्यटक आकर्षक थलोको रूपमा निर्माण गर्ने पनि बताएका छन् । उनले भने, रानीमहलको व्यापक प्रचार—प्रसार र संरक्षणको खाँचो छ । हाम्रो सामर्थ्य भ्याएसम्म गर्ने छौँ । यसलाई पर्यटक आकर्षण गर्ने थलोको रूपमा विकास गर्छौँ ।’

पुरातत्व विभागका अनुसार उक्त रानी महल १० वर्षका लागि मात्र नगरपालिकालाई सुम्पिना लागेको बताएको छ । पुनः निर्माण गर्दा नगरपालिकाले पहिलेकै स्वरूपमा निर्माण गर्नु पर्ने सहमति भएको पुरातत्व विभागले बताएका छन् । नगरपाकिालकाका प्रमुख अशोक शाही भन्छन्, ‘वर्षौँदेखि बेवारिस जस्तै रहेको थियो । यसको संरक्षण गर्ने जिम्मा पाएका छौँ अब स्थानीयले अपनत्व महसुस गर्ने गरी संरक्षणको काम गर्ने छौँ ।’

शाहीले संरक्षण मात्र नभै पर्यटक आकर्षक थलोको रूपमा निर्माण गर्ने पनि बताएका छन् । उनले भने, रानीमहलको व्यापक प्रचार—प्रसार र संरक्षणको खाँचो छ । हाम्रो सामर्थ्य भ्याएसम्म गर्ने छौँ । यसलाई पर्यटक आकर्षण गर्ने थलोको रूपमा विकास गर्छौँ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७