को थिए भगवान रजनीश ?, ओशोकी प्रवक्ता तथा निजी सचिव रहेकी आनन्द शिला खोलिन् रहस्य


२१ श्रावण २०७५, सोमबार
मैले जे गरेँ ओशोको प्रेममा गरेँ7556


बीबीसी

‘के मलाइ जीवनमा कुनै कुराको अफसोच छरु मेरा जवाफ हुन्छ छैन,’ एकै सासमा शीला भन्छिन्। कुनै बेला ‘मा आनन्द शीला’ को नामले चर्चित शीला बन्र्सटील अहिले स्विट्जरल्याण्डको माइसप्रखको एक शानदार घरमा बस्छिन्। उनले ‘भगवान रजनीश’ उर्फ आशोकी प्रवक्ता र निजी सचिव थिइन्।

अनलाइन स्ट्रीमिङ सेवन नेपफ्लिक्समा पहिलो पटक रिलीज भएको सिरीज ‘वाइल्ड वाइल्ड कन्ट्री’ ले भारतका सबैभन्दा विवादित गुरुमध्ये एक रहेका ओशो रजनीशका बारेमा धेरै कुराको खुलासा गरेको छ।

को थिए  रजनीश ?

ओशो उर्फ रजनीश १९७० को दशकमा भारतमा लोकप्रिय र विवादित अध्यात्मिक गुरु थिए। उनले आफ्नो आत्मलाई जगाएको दाबी गर्थे। उनी आफ्ना अनुयायिलाई डायनामिक र शारीरिक क्रियाद्वारा ध्यान गराउँथे। तर सेक्सप्रतिको उनको धारणाले उनलाई विवादित बनायो। मानिसहरु उनलाई ‘सेक्स गुरु’ पनि भन्थे। किनभने उनले खुलेआम सेक्सको वकालत गर्थे।

भगवान रजनीशका बारेमा आनन्द शीलाले के भनिन् ?

१९९० मा पुणेस्थित आफ्नो आश्रममा ओशोको देहान्त भयो। उनको मृत्युको कारण अहिलेसम्म पनि रहस्यमै छ। ९० को दशकमा जब म सानै थिएँ, त्यतिबेला मेरो घरमा ओशोका क्यासेट बजिरहेका हुन्थे। र म उनको प्रवचन सुन्थेँ। मेरा बुवाले ओशोका दर्शनलाई राम्रो मान्नुहुन्थ्यो।

त्यतिबेलासम्म ओशोप्रति मेरो कुनै रुची थिएन, जतिबेलासम्म म पुणेस्थित आश्रम गएकी थिइन। त्यहाँ केही रहस्यमय र आकर्षण थियो।
मार्च २०१८ मा नेटफ्लिक्सले ‘वाइल्ड वाइल्ड कन्ट्री’ नामबाट ६ एपिसोडको एक सिरीज रिलीज गर्यो जो भगवान रजनीश र उनको निजी सचिव मा आनन्द शीलाको जीवनमा आधारित छ।

सिरीजमा के देखाइएको छ भने की कसरी ओशोका १५ हजार अनुयायीले आफ्नो सम्पत्ति यी ‘चामत्कारी’ गुरुलाई अमेरिकामा आफ्नो एउटा शहर बसाउनकालागि दान गरे।

यो सिरीजको मुख्य पात्र मा आनन्द शीला नै हुन् जो आफ्नो गुरुको सपना पूरा गर्न काम गर्थिन्। सिरीजमा उनलाई रजनीशपुरम शहरको बिचारको मास्टरमाइण्ड बताइएको छ।

वाइल्ड वाइल्ड कन्ट्री रिलीज भएपछि रजनीशको जीवनमा शीलाको भूमिकामा निकै चर्चा भयो। रजनीशकी एक सामान्य अनुयायीदेखि उनको दाहिने हात बन्नेसम्म उनको सबै कहानी देखाइएको छ। ६९ वर्षीया शीला बन्र्सटील अब स्व्टिजरल्याण्डमा दुई केयर होम्सकी संचालिका छिन्। त्यो मध्ये एक घरको नाम हो मातृसदन अर्थात आमाको घर।

घरमा पस्ने वित्तिकै शीला र उनको टिमले हाम्रो भव्य स्वागत गर्यो। कुराकानी सुरु हुनुभन्दा पहिला हाम्रालागि भारतीय चिया र खानकालागि केही कुकीज ल्याइन्छ।

हामीले अन्तर्वाताकालागि उनको घर बाहिरको बगैंचामा क्यामरा सेटअप गरेका छौं। शीलाले आफ्नो गोलो चश्मा लगाएकी छन्। उनको कपाल घामको किरणसँग चम्किएको छ। मैले उनलाई सोधेँ के तपाइँले नेटफ्क्सिको यो सिरीज हेर्नु भएको छ ? उनले भनिन्, ‘मैले चाँडो चाँडो गरेर हेरेँ। म आफ्नो जीवनको बारेमा जानकार छु। मलाइ यहाँ उल्लेख भएका सबै कुरा हेर्न आवश्यक छैन।’

‘मानिसको आफ्नो विचार हुन्छ तर म कसैको विचारको परवाह गर्दिन। मानिसहरु केवल स्काण्डलमा रुची राख्छन्। किनभने उनीहरुको जीवनपनि स्क्याण्डले भरिएको हुन्छ,’ भनिन्। आफ्नो सबै साक्षात्कार र किताबमा पनि शीलाले रजनीशमाथि आफ्नो प्रेम रहेको बताइन्। तर मैले आज आफ्नै अगाडि रजनीशको प्रेममा कुरा गर्दा शीलाका आँखा कसरी चम्कि रहेका थिए।

रजनीशसँगको आफ्नो पहिलो भेट सम्झिँदै शीलाले भनिन्, ‘यस्तो लाग्यो जस्तो उनको माया ममाथि खनिएको थियो। र म केवल वाह वाह मात्र भन्न सक्थेँ।’ यदि यति धेरै माया थियो भने आखिर रजनीशलाई किन छोडेको मैले सोधेँ।

प्यारको अर्थ हो उन्नति र आफ्नो अखण्डता। अब ती मान्छेले ममाथि काम गर्ने विषयमा भरोसा गरे। उनले ममाथि आफ्नो शिक्षा र आफ्ना मानिससँगको सम्बन्धमा पनि भरोसा गरे। यदि म ति भरोसामा खरो उत्रिन सकिन भने मेरो प्रेममा केही कमी छ ।

आफ्नो भनाइ पूरा गर्नु पहिला त्यहाँ आएकी शीलाकी एक ‘विरामी’ क्रिस्टिना आँगनमा बसेर केही गीत गुनगुनाउन थालिन्। शीलाले उनलाई बोलाइन र जर्मनी भाषामा कुरा गर्न थालिन्।

शीलाका अनुसार क्रिस्टिनालाई गाउन र डान्स गर्न धेरै मनपर्छ। ५२ वर्षकी क्रिस्टिना निकै शानदार परफमर पनि हुन्। उनले हाम्रालागि आफ्नो मनपर्ने गीतमा डान्स पनि गरन्। जब क्रिस्टिना शान्त रहन सहमत भइन, त्यसपछि फेरि अन्तर्वाता सुरु भयो। मैले उनलाई सोधेँ के शक्तिको सनकमा सवार हुनुहुन्थ्यो र त्यही सनकले तपाइँलाई रजनीशबाट अगल गराएको होरु

उनले जवाफ दिइन्, ‘म बेवकुफ थिइन। मलाइ थाहा थियो यो समुदायको शक्ति भगवान थिए। यदि आज भगवान आउने हो भने म त्यसैगरी माया गर्छु जसरी पहिला पनि गर्थेँ।’ मैले उनलाई सोधेँ,

मानिसहरु रजनीशको दिवाना किन थिए ?

उनले भनिन्, ‘भगवानले आफ्ना अनुयायी अगाडि एउटा लक्ष्य राख्नु भएको थियो। ध्यान र स्वयंलाई जगाउने। जब उहाँ मलाई आर्थिक सहयोग गर्न चाहन्थे तब उहाँ केही मानिसलाई जागेको घोषित गर्नुहुन्थ्यो।

अन्तर्वाता अन्तिम केही मिनेट पूरा गर्न हामी फेरि बस्यौं।

मैले उहाँलाई नयाँ जीवनका विषयमा सोधेँ– जसमा उनको भनाइ थियो यहो नयाँ जीवन होइन, म त्यही हुँ जो पहिल थिएँ। म रजनीश समुदायसँग जीवनको आनन्द लिइरहेकी छु। र यहाँ सेवा गरिरहेकी छु।’

म यहाँ एक सामान्य जीवन बाँचिरहेकी छु। मलाइ मानिसहरुसँग बस्न मन पर्छ। अन्तर्वाता सकिनै लाग्दा शीला निकै खुशी देखिइन्। उनले मलाइ सोधिन् के तिमी खुशी छौंरु के मैले तिम्रो सबै प्रश्नको जवाफ दिएँरु मैले मुस्कुराउँदै टाउको हल्लाएँ। उनले मलाइ र मेरा क्यामरापर्सन पललाई लन्च गर्ने निम्ता दिइन्। हामीले एकअर्कालाई हेर्यौं अनि स्वीकार गर्यौं।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७