एआइजी थापालाई सशस्त्र प्रहरीमा निमित्त प्रमुखको जिम्मेवारी


२२ श्रावण २०७५, मंगलवार
aig thapa

काठमाडौं, २२ साउन । एआइजी नारायणबाबु थापाले सशस्त्र प्रहरीको निमित्त प्रमुखको जिम्मेवारी पाएका छन् ।

aig thapa

सशस्त्र प्रहरी बलका प्रमुख शैलेन्द्र खनाल र सीमा विभाग प्रमुख समेत रहेका एआईजी पुष्पराम केसी सोमबार साताब्यापी भारत भ्रमणमा गएपछि थापालाई निमित्त प्रमुखको जिम्मेवारी दिइएको हो । सशस्त्र प्रहरीका पूर्व प्रवक्ता समेत रहेका थापा हाल मानव स्रोत विभाग प्रमुख समेत छन् । उनी सशस्त्रमा व्यवसायिक अधिकृतका रुपमा चिनिन्छन् ।

थापा एसएसपी हुँदासम्म वरियतामा २ नम्बरमा थिए भने केसी १ नम्बरमा थिए । हालका आइजिपी खनाल ३ नम्बरमा रहेका थिए । तत्कालीन गृहमन्त्री विजयकुमार गच्छदारले उनलाई डिआइजी बढुवामा १ नम्बरमा बढुवा गरेका थिए । आइजिपी खनाल भारतीय बोर्डर सुरक्षा बल एसएसबीको निमन्त्रणामा भारतको राजधानी नयाँदिल्ली गएका छन् ।

उनले आफूसँगै एआइजी नारायणबावु थापा र एसएसपी नारायणदत्त पौडेललाई भ्रमण दलमा सहभागी गराउन गृह मन्त्रालयमा नामावली पठाए पनि मन्त्रालयले उनको प्रस्ताव फिर्ता पठाएको थियो । मन्त्रालयले सीमा सुरक्षा हेर्ने जिम्मेवारी पाएका एआइजी केसीलाई भ्रमण दलमा सहभागी गराएको थियो । केसी सशस्त्र प्रहरी महानिरीक्षक खनालसँगै आइजीपीको प्रतिष्पर्धामा रहेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७