त्रिभुवन विमानस्थलबाट फेरि २१ लाखको सुन बरामद


२२ श्रावण २०७५, मंगलवार
gold airport

काठमाडौं, २२ साउन । सुन तस्करी नियन्त्रणका लागि सरकार कडा रुपमा प्रस्तुत भइरहेको भए पनि नेपालमा सुन तस्करी रोकिन सकेको छैन ।

gold airport

३८ क्विन्टल सुन तस्करीमा संलग्नहरुको छानविन र मुद्दा निचोडमा पुग्न नसकिरहेका बेला त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आज (मंगलबार) फेरि तस्करीको सुन बरामद भएको छ । बैदेशिक रोजगारीका लागि विदेश गएका कामदारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार छलेर ल्याएको अबैध सुनको चुरा ७ थान र सुनको बेरुवा औठी ५ थान बरामद गरेको भएको छ । उक्त सुनसहित फैयाज आलम पक्राउ परेका छन् ।

सुनका गहनाको तौल ४५७ ग्राम छ । सो परिमाणको सुनको बजार मूल्य २१ लाख ९४ हजार ५७ रूपैयाँ पर्छ । विमानस्थलबाट सुनका गर गहना तस्करी भइरहेको भन्ने गोप्य सूचनाको आधारमा २०७५ साउन २० गते महानगरीय प्रहरी वृत्त गौशालाबाट खटिएको प्रहरी टोलीले गोल्डेनगेटस्थित सडक खण्डमा शंकास्पद रुपमा हिंडडुल गरिरहँदा सुनसरी भोक्राहा नरसिंह गाउँपालिका–२ घर भई हाल काठमाडौं एयरपोट बस्ने वर्ष २८ का आलमलाई सुनका गहनासहित नियन्त्रणमा लिएको हो । तस्करी भएर आएको सुन र सुनसँगै पक्राउ परेका आलमलाई प्रहरीले त्रिभुवन बिमानस्थल भन्सार कार्यालय गौचर काठमाडौंको जिम्मा लगाएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भएर यसअघि पनि पटक–पटक तस्करीको सुन भित्रिएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७